Kathmandu Press

मुख्यमन्त्री सिंह र भारतीय प्रतिनिधिमण्डलबीच भेट

टोलीले आगामी दिनमा मधेश प्रदेशका विभिन्न जिल्लाहरूको भ्रमण गरी भूगर्भीय पानीको अवस्था सम्बन्धी आवश्यक अनुसन्धान गर्नेछ।
मुख्यमन्त्री सिंह र भारतीय प्रतिनिधिमण्डलबीच भेट

धनुषा, साउन २९ : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरूको ३ सदस्यीय प्रतिनिधिमण्डलले आज भेटघाट गरेका छन्।

भेटका क्रममा प्रतिनिधिमण्डलले भूगर्भीय पानीको अवस्थाको विस्तृत मूल्याङ्कन गर्न तथा पानीको अभाव समाधानका उपायहरू सुझाव दिने योजना प्रस्तुत गरेको छन्।

टोलीले आगामी दिनमा मधेश प्रदेशका विभिन्न जिल्लाहरूको भ्रमण गरी भूगर्भीय पानीको अवस्था सम्बन्धी आवश्यक अनुसन्धान गर्नेछ।

भारतीय प्रतिनिधिमण्डलमा जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरू आशिष पाण्डे, जगदम्बा प्रसाद र प्रसान्त राय सहभागी थिए।

मुख्यमन्त्री सिंहले प्रतिनिधिमण्डलको अनुसन्धान तथा सुझावले प्रदेशमा दिगो पानी व्यवस्थापन र भू–जल संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे। 

उनले मधेश प्रदेशमा विद्यमान पानीको समस्याका लागि विभिन्न कोणबाट दिर्घकालीन समाधानको प्रयास भइरहेको समयमा भारतको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरूको टोलीसंगको छलफलले पानीको समस्या समाधानका लागि पडोसी मुलुकले पनि चाँसो देखाएकोमा आभार प्रकट गरे। 
 

प्रकाशित मिति: ११:४० बजे, बिहीबार, साउन २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्