Kathmandu Press

नेकपा स्थायी समिति बैठक : सरकारको कार्यशैलीमाथि प्रश्न उठाउने तयारी 

काठमाडौं, वैशाख ३० : सत्तासीन दल नेकपाको भोलि (बुधबार) बस्ने स्थायी समिति बैठकमा सरकारबारे गम्भीर समिक्षा हुने भएको छ। पार्टी मुख्यालय धुम्बराहीमा बस्....

नेकपा स्थायी समिति बैठक : सरकारको कार्यशैलीमाथि प्रश्न उठाउने तयारी 

काठमाडौं, वैशाख ३० : सत्तासीन दल नेकपाको भोलि (बुधबार) बस्ने स्थायी समिति बैठकमा सरकारबारे गम्भीर समिक्षा हुने भएको छ। पार्टी मुख्यालय धुम्बराहीमा बस्ने बैठकमा स्थायी समिति सदस्यहरुले सरकारको कामकारवाहीबारे कुरा उठाउने तयारी गरेका छन्।  

कोरोना महामारीसँग जुध्ने फितालो तयारी, महामारीकै बीचमा अध्यादेश प्रकरण, श्रृंखलावद्धरुपमा घटेका काण्डसँगै नेपाली भूमी मिचेर भारतले सडक निर्माण गरेपछि उत्पन्न परिस्थितीका बारेमा बैठकमा छलफल हुने स्थायी समिति सदस्य गोकर्ण विष्टले बताए। ‘विदेशमा रहेका मजदुरले दुःख पाएको खबर आएको छ, सीमा विवादका कुरा आएका छन्, सरकारमाथि प्रश्न उठेको छ, पार्टीभित्र एक व्यक्ति एक पदका कुरा छन् यी सबै विषयमा प्रभावकारी र निर्णायकरुपमा छलफल हुनेछ,’ काठमाडौं प्रेससँग उनले भने। 

Hardik ivf

अर्का स्थायी समिति सदस्य हरिवोल गजुरेल सरकारको कार्यशैली प्रति जनआक्रोश बढेको र राष्ट्रियताको सवालमा लिम्पियाधुरा, लिपुलेक र कालापानीमाथि भारतीय हस्तक्षेपबारे बैठकमा कुरा उठ्ने बताए। ‘बैठकमा कोरोनाका कारण त्यति धेरै विषयमा छलफल नहोला। तर, राष्ट्रियता, जनजीविका र सरकारका कामकारवाही प्रति छलफल हुनेछ। नीति तथा कार्यक्रम र बजेटबारे पनि छलफल हुनेछ,’ गजुरेलले भने, ‘प्रधानमन्त्रीले यसअघि सचिवालयको बैठकमा आत्मआलोचना गर्नुभएको छ। स्थायी समितिको बैठकमा कस्तो व्यवहार गर्नुहुन्छ, बैठक त्यहीअनुसार अघि बढ्छ। उहाँले विश्वास दिलाउन सक्नुभएन भने अब्जेक्सन पनि हुन्छ।’ 

नेकपाका २० जना स्थायी समिति सदस्यले हस्ताक्षर नै गरेर बैठक बोलाउन माग गर्दै आएका थिए। अध्यादेश प्रकरणपछि चर्किएको घरझगडा सचिवालय बैठकमा मथ्थर पार्ने प्रयास भएको थियो। तर २४ गतेको सचिवालय बैठकमा ‘एक व्यक्ति एक पद’को कुरा उठेपछि ओली आराम गर्ने भन्दै बैठक कक्षबाट बाहिरिएका थिए। बैठकमा पेश गर्ने एजेन्डा तयार नभएको र स्याथी समितिको बैठक दुई अध्यक्ष मिलेर बोलाउने भन्दै २५ गतेको बैठक स्थगित भएको थियो।

बुधबार बस्ने बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटसँगै सिमा सुरक्षाका एजेन्डा अध्यक्षद्वयले लैजाने भएका छन्।

प्रकाशित मिति: १७:०५ बजे, मंगलबार, वैशाख ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्