मुक्तिनाथ बैंकद्वारा विद्यार्थीलाई पोशाक वितरण तथा कम्प्युटर हस्तान्तरण
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मुक्तिनाथले पुतलीबजार १३ मा रहेको महेन्द्र आधारभुत विद्यालयमा अध्ययनरत ५३ जना विद्यार्थीलाई विद्यालय पोशाक र कार्यालय प्रयोजनका लागि एक थान कम्प्युटर सेट प्रदान गरिएको हो ।
काठमाडौं, साउन २९ : मुक्तिनाथ विकास बैक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण तथा कम्प्युटर हस्तान्तरण गरेको छ ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मुक्तिनाथले पुतलीबजार १३ मा रहेको महेन्द्र आधारभुत विद्यालयमा अध्ययनरत ५३ जना विद्यार्थीलाई विद्यालय पोशाक र कार्यालय प्रयोजनका लागि एक थान कम्प्युटर सेट प्रदान गरिएको हो ।
कार्यक्रममा मुक्तिनाथ विकास बैंक संचालक समिती सदस्य भरतप्रसाद लम्सालले जनताले मुक्तिनाथ विकास बैकलाई गरिरहेको मायालाई निभाउनका लागि सामाजिक उत्तरदायित्व कार्यक्रम लिएर जनतासामु आएको बताए ।

उनले पुतलीबजार नगरपालिका १३ धेरै सम्भावना भएको तर विकासमा पछाडि परेकाले गत वर्षदेखि नगरबाट थुप्रै बजेट परेको हुनाले अब विकासको बाटोमा अगाडी बढ्ने जिकिर गरे । कार्यक्रममा पुतलीबजार १३ का वडा सदस्य सुर्य बहादुर रोकाहा, मुक्तिनाथ विकास बैकका क्षेत्रीय प्रबन्धक ऋषि ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
वि स २०६३ सालमा स्थापना भएको मुक्तिनाथ विकास बैंकका हाल देशभर १७८ शाखा रहेका छन् । जनता बैंकसम्म होइन बैंक जनतासम्म जानुपर्दछ भन्ने मुख्य उद्देश्यले बैंकले आफ्नो बैंकिङ गतिबिधी अघि बढाएको छ ।



-1765194974.jpg)





-1765194974.jpg)


