दरबन्दीको तुलनामा कार्यरत प्रहरीको संख्या क्रमश घट्दै
उनले काठमाडौं जिल्लाको लागि नेपाल प्रहरीको कूल दरबन्दी संख्या ४ हजार १६ भएपनि ३२ सय ३३ प्रहरी जनशक्ति आजको दिनमा कार्यरत रहेको भन्दै यसरी हेर्दा ८ सय १५ जना दरबन्दी भएका व्यक्तिहरुको कमी रहेको बताए।
काठमाडौं, साउन २८ : दरबन्दीको तुलनामा कार्यरत प्रहरीको संख्या क्रमश घट्दै गईरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले यस्तो बताएका हुन्।
बुधबार परिसरले आफ्नो वार्षिक कार्यसम्पादन सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काठमाडौं जिल्लाको लागि नेपाल प्रहरीको कूल दरबन्दी संख्या ४ हजार १६ भएपनि ३२ सय ३३ प्रहरी जनशक्ति आजको दिनमा कार्यरत रहेको भन्दै यसरी हेर्दा ८ सय १५ जना दरबन्दी भएका व्यक्तिहरुको कमी रहेको बताए।
‘जनशक्ति तर्फ हेर्ने हो भने काठमाडौं जिल्लाको लागि नेपाल प्रहरीको कूल दरबन्दी संख्या ४ हजार १६ हो र ४ हजार १६ मध्य, ३२ सय ३३ प्रहरी जनशक्ति आजको दिनमा कार्यरत छौं। यसरी हेर्दा ८ सय १५ जना दरबन्दी भएका व्यक्तिहरुको कमी छ,’ उनले भने, ‘यसमा महिला र पुरुषको अनुपात हेर्ने हो भने ४ सय ९ जना महिला प्रहरी कर्मचारीहरु छन् जुन कुल संख्याको १३ प्रतिशत हो। यसमा दरबन्दी र कार्यरत संख्या हेर्ने हो भने जुनियर अफिसर र जवान फिल्डमा काम गर्ने जनशक्ति हो। दरबन्दीको तुलनामा कार्यरत संख्या क्रमश हेर्ने हो भने घट्दै गइरहेको अवस्था छ।’
एसपी अधिकारीले प्रहरी जवान १६३० जनाको दरबन्दी भएको बताउँदै अहिले ११ २० जना मात्र कार्यरहेको रहेको उल्लेख गरे। उलने फिल्डमा काम गर्नको लागि जनशक्ति कम नै रहेको उनले बताए।
उनले मिति गत जेठ ७ गते देखि ०९ गतेसम्म टौदहमा नेपाली सेनाको संयोजकत्वमा मनसुनजन्य विपद् तयारीको लागि तीन दिने संयुक्त अभ्यास तथा डेमोस्ट्रेसन गरेको, जेठ २८ देखि ३० गतेसम्म काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सशस्त्र प्रहरी बल नेपालको संयोजकत्वमा संयुक्त अभ्यास गरिएको पनि जानकारी दिएका छन्।



-1765194974.jpg)





-1765194974.jpg)


