Kathmandu Press

शेयर बजार निरन्तर ओरालो तर्फ, कारोबार रकम पनि घट्यो

आज कुल ३२१ स्टकको ६ अर्ब १६ करोड १८ लाख ९४ हजार ७३४ रुपैयाँ बराबरको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयर कारोबार भएको छ। 
शेयर बजार निरन्तर ओरालो तर्फ, कारोबार रकम पनि घट्यो

काठमाडौं, साउन २८ : पछिल्ला केही दिनदेखि शेयर बजार ओरालो लागि रहेको छ। बुधबार नेप्से परिसुचक १०.५० अंकले घटेर २७८५.७४ बिन्दुमा पुगेर रोकिएको छ। 

नेप्से निरन्तर रुपमा ओारालो लाग्दा कारोबार रकम पनि घट्दै गएको छ। आज कुल ३२१ स्टकको ६ अर्ब १६ करोड १८ लाख ९४ हजार ७३४ रुपैयाँ बराबरको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयर कारोबार भएको छ। 

Hardik ivf

आज सेन्सेटिभ इन्डेक्स १.६१ अंकले घटेको छ। फ्लोट इण्डेक्स ०.६९ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.६५ अंकले घटेको छ।

बुधबार मायाखोला हाइड्रोपावरको शेयर मूल्य २५.०५ रुपैयाँले बढेर ४६१.१३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। सानीमा लार्ज क्याप फण्डको शेयर मूल्य प्रतिकित्ता ०.४६ रुपैयाँले बढेर ११.११ रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

नेपाल रिपब्लीक मिडिया लिमिटेडको शेयर मूल्य प्रतिकित्ता १७.३६ रुपैयाँले बढेर ४९२.१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी सप्तकोशी विकास बैंकको शेयर मूल्य प्रतिकित्ता २७.९७ रुपैयाँले बढेर ८६८.१७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

कुमारी बैंकको डिबेन्चरको मूल्यमा नकारात्मक सर्किट लागेको छ। यसको मूल्य प्रतिकित्ता ११७ रुपैयाँले घटेर १११७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। सिकलेस हाइड्रोपावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता ७४.५५ रुपैयाँले घटेर ९५७.९६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

लेफी हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ७.२४ रुपैयाँले घटेर २०२.३५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। बलेफी हाइड्रोपावर, युनाइटेड मोदी इनर्जी, सिव्म सिमेन्ट, नेपाल रिइन्स्योरेनस लिमिटेड र एनआरएन इन्फ्रास्टक्चरको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।

प्रकाशित मिति: १६:४० बजे, बुधबार, साउन २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्