एन्फको ग्रासरुट्स फुटबल कार्यक्रम सुरु, ४९ वटा जिल्लामा हुने
एन्फाले तेर दे होम्स (टिडिएच) र चाइल्ड नेपालबीच ४९ वटा जिल्लामा संयुक्त रुपमा ग्रासरुट्स कार्यक्रम गर्ने सम्झौता गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरेको भएको हो।-(11)-1755014016.jpg)
काठमाडौं, साउन २७ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले ग्रासरुट्स कार्यक्रम सुरु गरेको छ।
मंगलबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा बालबालिकाको हक हित र वृहत्तर विकासमा फुटबल दरिलो माध्यम बनाउने उद्देश्यका साथ ग्रासरुट्स कार्यक्रम सुरु गरेको एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङले बताए।
उनको अनुसार एन्फाले तेर दे होम्स (टिडिएच) र चाइल्ड नेपालबीच ४९ वटा जिल्लामा संयुक्त रुपमा ग्रासरुट्स कार्यक्रम गर्ने सम्झौता गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरेको भएको हो।
‘टिडिएच चाइल्ड नेपालसँग एन्फा जोडिन पाउँदा खुसी लागेको छ .। कार्यक्रम ४९ जिल्लामा हुने छ । ४९ जिल्लाको बालबालिकाहरुमा हामी फुटबलको ग्रासरुट्स कार्यक्रम लिएर संयुक्त रुपमा काम गर्न लागेको छौं,’ उनले भने।
एन्फा अध्यक्ष नेम्बाङ, टिडिएचका सेफगार्डिङ संयोजक कमल लामा र चाइल्ड नेपालका कार्यकारी निर्देशक मनोज डंगोलले सम्झौता पत्रमा हस्ताक्षर गरे। त्यस्तै कार्यक्रममा ग्रासरुट्स फुटबल लोगो पनि सार्वजनिक गरिएको छ।












-(86)-1764936079.jpg)