Kathmandu Press

सर्वोच्चले खारोज गर्‍यो मुकुल ढकालको रिट 

सर्वोच्चका न्यायाधीशहरू डा.नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उनको दाबी खारेज हुने फैसला गरेको हो। 
सर्वोच्चले खारोज गर्‍यो मुकुल ढकालको रिट 

काठमाडौं, साउन २७ : सर्वोच्च अदालतले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री दाबी गर्दै डा.मुकुल ढकालले दायर गरेको रिट खारेज भएको छ। 

संस्थापक महामन्त्री ढकालले निर्वाचन आयोगको निर्णय अनुसार आफु महामन्त्री हुनुपर्ने दाबीसहित रिट दिएका थिए। सर्वोच्चका न्यायाधीशहरू डा.नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उनको दाबी खारेज हुने फैसला गरेको हो। 

ढकाललाई रास्वपाले साधारण सदस्यसमेत नरहने गरी रास्वपाले निष्कासन गरेको थियो । डा.ढकालले आफूविरुद्धको कारबाही संवैधानिक र कानुनी प्रक्रियाविपरीत भएको जिकिर गर्दै रिट दिएका हुन्। उक्त उजुरीको कारबाही नभएपछि डा. ढकालले गत असारमा सूचना माग गरेका थिए।

निर्वाचन आयोगले यसअघि डा.ढकाल नै महामन्त्री रहेकोबाहेक रास्वपा कार्यसमिति र पदाधिकारी अध्यावधिक नरहेको पत्र दिएको थियो। 

उनले आफ्नो महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाउने र साधारण सदस्यता समेत खारेज गर्नेगरी भएको निर्णय त्रुटिपूर्ण रहेको हुँदा उक्त निर्णय बदर गरी पुनः उक्त पदीय हैसियतमा काम गर्न पाउनुपर्ने भन्दै गरेको दाबी खारेज भएपछि रास्वपालाई समेत सहज भएको छ। 
 

प्रकाशित मिति: १८:४५ बजे, मंगलबार, साउन २७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्