Kathmandu Press

बागमती प्रदेश सभाको बैठक सारिँदै 

बानियाँले प्रदेश सभाका लागि मंगलबार ४ बजे विश्वासको मत लिने कार्यसूची रहेको थियो। प्रदेश सभामुख भुवनकुमार पाठकले प्रदेश सभा बैठक सार्ने तयारी भएको बताए। 
बागमती प्रदेश सभाको बैठक सारिँदै 

हेटौंडा, साउन २७ : बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने समय सार्ने तयारी भएको छ। 

बानियाँले प्रदेश सभाका लागि मंगलबार ४ बजे विश्वासको मत लिने कार्यसूची रहेको थियो। प्रदेश सभामुख भुवनकुमार पाठकले प्रदेश सभा बैठक सार्ने तयारी भएको बताए। 

यता, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिन तोकिएको समय सकिनै लाग्दा कांग्रेसका सांसद कांग्रेसभित्रै छलफलमा छन्। यता मुख्य मन्त्री बानियाँले विश्वासको मत पाउनेमा शंका नहेको बताएका छन्। 

आन्तरिक शक्तिसंघर्षमा लामालाई हटाइएपछि बाँकी अवधिका लागि बानियाँ मुख्यमन्त्री नियुक्ति भएका हुन्। बानियाँ नेतृत्वको समूहले लामालाई संसदीय दलको नेताबाट हटाएपछि उनले १८ साउनमा राजीनामा दिएका थिए। 

प्रकाशित मिति: १६:४० बजे, मंगलबार, साउन २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्