Kathmandu Press

२६ अंकले घट्यो नेप्से

कुल ३२३ स्टकको ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५०७ रुपैयाँ बराबरको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर कारोबार भएको छ। 
२६ अंकले घट्यो नेप्से

काठमाडौं, साउन २७ : साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा २६.२२ अंकको गिरावट आएको छ। नेप्से परिसुचक घटेर २८ सय बिन्दुभन्दा तल झरेर आज २७९६.२४ बिन्दुमा पुगेर बन्द भएको छ। 

कुल ३२३ स्टकको ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५०७ रुपैयाँ बराबरको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर कारोबार भएको छ। 

Hardik ivf

सेन्सेटिभ इन्डेक्स ४.०३ अंकले घटेको छ। फ्लोट इण्डेक्स १.८४ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.३३ अंकले घटेको छ।

बिहीबार सिटी होटल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५७.७८ रुपैयाँले बढेर ६३६.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

समाज लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ११६.१९ रुपैयाँले बढेर २७९२.६३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, हिमालयन बैंक लिमिटेडको बोन्डको मूल्य प्रतिकित्ता ४३.७६ रुपैयाँले बढेर ११३८.९६ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने कृषि विकास बैंकको डिबेन्चरको शेयर मूल्य प्रतिकित्ता ३९.३९ रुपैयाँले बढेर ११२० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यसदिन सिकलेस हाइड्रोपावरको शेयर मूल्यमा नकारात्म सर्किट लागेको छ। यस कम्पनीको शेयर मूल्य यसदिन प्रतिकित्ता ११४.५५ रुपैयाँले घटेर १०३२.५१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

उन्नती सहकार्य लघुवित्तको शेयर मूल्य १७९.७४ रुपैयाँले घटेर प्रतिकित्ता २०६६.५४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, लक्ष्मी लघुवित्त वित्तिय लसंस्था लिमिटेडको शेयर मूल्य पनि प्रतिकित्ता ७०.९५ रुपैयाँले घटेर १०८४.८७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

सिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल रिइन्स्योरेनस लिमिटेड, लुम्बीनी विकास बैंक र बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ।
 

प्रकाशित मिति: १८:५२ बजे, मंगलबार, साउन २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्