Kathmandu Press

हेटौंडामा कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्णायक बैठक 

कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ। विवाद समाधानका लागि दलको बैठक डाकिएको हो। 
हेटौंडामा कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्णायक बैठक 
फाइल तस्बिर।

हेटौंडा, साउन २७ : प्रदेश सभाको बैठकको पूर्वसन्ध्यामा कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक शुरु भएको छ। 

कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ। विवाद समाधानका लागि दलको बैठक डाकिएको हो। 

संसदीय दलमा अविश्वासको प्रस्तावमार्फत बहादुर सिंह लामालाई हटाएर बानियाँको नेतृत्वमा सरकार बनाइको हो। लामा समूहले आफ्ना समूहका केही प्रदेशसभालाई मन्त्री बनाउनुपर्ने शर्त राखेपछि विवाद शुरु भएको छ। 

यही शर्तअनुसार लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। लामा समूहमा १४ जना प्रदेशसभा सदस्य खुलेका छन्। विश्वासको मत नदिने रणनीतिसहित काठमाडौंमा रहेका उनीहरु बानियाँसँग निर्णायक छलफलका लागि हेटौंडा पुगेको हो। 
 
प्रकाशित मिति: १७:१३ बजे, मंगलबार, साउन २७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्