समिति सभापतिबाट राजीनामा दिँदै रामहरि खतिवाडाले भने– कूटिल राजनीतिको सिकार भएँ
संसदीय छानबिन प्रतिवेदनले आफूलाई दोषी नठह¥याएको दाबी उनको छ। राजनीतिमा कतिपय बेला नगरेको गल्तीसमेत बेहोर्नुपर्ने अवस्थामा पुग्न सक्ने पनि उनले बताए।
काठमाडौं, साउन २७ : प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा घोषणा गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन्।
राज्य व्यवस्था समितिबाट पारत भएको विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको संसदीय छानबिन समितिको प्रतिवेदन आएपछि उनी राजिनामा दिन बाध्य भएका हुन्। खतिवडाले आफू सुरुदेखि सरकारी कर्मचारीका लागि कुलिङ पिरियड लागू हुनुपर्छ भन्नेमा अडिग रहेको बताए।
उनले सर्वसम्मत रुपमै सरकारी कर्मचारीका लागि दुई वर्ष कुलिङ अफ पिरियडको प्रावधान राखिएको बताए । उनले प्रतिवेदन लेखन कार्यमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र संघीय मामिला मन्त्रालयका कर्मचारीहरू संलग्न रहेको बताए।
निजामती विधेयकमा भएको त्रुटि आफू र राज्य व्यवस्था समितिका सदस्यहरूबाट नभएको उनको भनाई छ । राष्ट्रिय सभामा एमालेका तर्फबाट कुलिङ अफ पिरियड हटाउने संशोधन प्रस्ताव परेको स्मरण समेत खतिवडाले गरे।
‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाासी राजीनामा दिएको घोषणा गर्दछु,’ खतिवडाले भने ।
आफू कूटिल राजनीतिको सिकार हुन पुगेको समेत खतिवडाले बताए। संसदीय छानबिन प्रतिवेदनले आफूलाई दोषी नठह¥याएको दाबी उनको छ। राजनीतिमा कतिपय बेला नगरेको गल्तीसमेत बेहोर्नुपर्ने अवस्थामा पुग्न सक्ने पनि उनले बताए।



-1765194974.jpg)





-1765194974.jpg)


