संसद्मैअनशन बस्ने माओवादी सांसदको मोदीको चेतावनी
मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले सरकारलाई रुलिङ नगरे सभामुखको अगाडि अनशन बस्ने चेतावनी दिए ।
काठमाडौं, साउन २७ : नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले संसद्भित्रै अनशन बस्ने चेतावनी दिएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै हुलाकी राजमार्गको कटहरीखण्ड निर्माणको १० वर्ष हुन लाग्दा समेत सम्पन्न नगरिएको भन्दै उनले सभामुखबाट रुलिङको माग गरे।
त्यसपछि उनले यो विषयमा सभामुख देवराज घिमिरेबाट ‘रुलिङ’ नभए संसद्मै अनशन बस्ने उनले चेतावनी दिए।
‘हुलाकी सडक अन्तर्गतको कटहरी खण्ड १० वर्ष हुन लागिसक्यो अझै बन्न सकेको छैन। त्यहाँको जनताहरूको अहिले सडकमा धान रोपाइ चलिरहेको छ। यस्तो परिस्थितिमा सभामुखबाट सरकारलाई रुलिङ हुनुपर्यो,’ सांसद मोदीले भने, ‘होइन भने सभामुख महोदय, म तपाईंको अगाडि अनशन बस्छु। जबसम्म मेरो कुराको सुनुवाई हुँदैन तबसम्म अनशन बस्छु।’
आफूले पटक–पटक सदनमा उठाएको विषयमा सरकारले कुनै चासो नदिएको बताउँदै उनले कटहरीखण्डको सडकमा नै जनताले धान रोपाइँ गर्न थालेको बताए।
उनले सरकारको ध्यान भ्रष्टाचार ‘कमिसन’मा मात्र केन्द्रित भएको आरोप लगाए।



-1765194974.jpg)





-1765194974.jpg)


