Kathmandu Press

पर्सामा डुबेर दुई बालकको मृत्यु

ठोरी–२ ढेँडुखोलाका मनोज कठायतका आठ वर्षीय छोरा अंश कठायत र चार वर्षीय छोरा आयांस कठायतको आज बिहान १० बजेको आसपासमा खोलामा नुहाउने क्रममा अचानक डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।
पर्सामा डुबेर दुई बालकको मृत्यु

पर्सा, साउन २७ : ठोरी गाउँपालिका–२ मा अवस्थित ढेँडुखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ। 

ठोरी–२ ढेँडुखोलाका मनोज कठायतका आठ वर्षीय छोरा अंश कठायत र चार वर्षीय छोरा आयांस कठायतको आज बिहान १० बजेको आसपासमा खोलामा नुहाउने क्रममा अचानक डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

‘ढेँडुखोलामा नुहाउने क्रममा दुई बालक अचानक डुबेर पानी माथि तैरिरहनेको अवस्थामा स्थानीयले उद्धार गरेर स्वास्थ्यचौकी ठोरीमा पु¥याउनुभएको थियो,’ उनले भने, ‘स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्दा दुवै बालकको मृत्यु भएको जानकारी प्राप्त भएको छ।’ 

आवश्यक मुचल्का तयार पारेर मृतक बालकको शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल लगिएको छ। 

प्रकाशित मिति: १४:५५ बजे, मंगलबार, साउन २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्