Kathmandu Press

रामहरि खतिवाडाले राज्य व्यवस्था सिमित सभापितबाट राजिनामा दिने !

सम्भवतः उनले आजै प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै राजीनामा घोषणा गर्ने छन्।
रामहरि खतिवाडाले राज्य व्यवस्था सिमित सभापितबाट राजिनामा दिने !

काठमाडौं, साउन २७ : राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवाडाले पदबाट राजनिामा दिने तयारी गरेका छन्।

संसदीय विशेष छानबिन समितिले कुलिङ पिरियडमा भएको गडबडीमा सभापति खतिवाडाको दोष देखाएपछि खतिवडाले राजीनामा दिने तयारी गरेका हुन्।

छानबिन विशेष समितिले सभापति खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई किटान नै गरेर जिम्मेवार ठहर गरेको थियो।

सम्भवतः उनले आजै प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै राजीनामा घोषणा गर्ने छन्। उनले बोल्नका लागि सभामुख देवराज घिमिरेसँग समय मागेका छन्। 

छानविन समितिको प्रतिवेदनका सम्बन्धनमा आजै सभामुख घिमिरेले कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे छलफल गरेका थिए। 

प्रकाशित मिति: १४:४४ बजे, मंगलबार, साउन २७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्