Kathmandu Press

रास्वपा र राप्रपाले आजे पनि गरे संसद वहिष्कार

उनीहरूले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्न माग गर्दै संसद बहिस्कार गर्दै आएका छन्।
रास्वपा र राप्रपाले आजे पनि गरे संसद वहिष्कार

काठमाडौं, साउन २७ : दुई विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्।

संसद बैठकमा सुरुमै आफ्ना भनाई राख्दै दुवै दलका सांसदले संसद वरिस्कार गरिरहेका हुन्। उनीहरूले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्न माग गर्दै संसद बहिस्कार गर्दै आएका छन्।

मंगलबारको संसदमा रास्वपाका शिशिर खनाल र राप्रपाकी विना लामाले बोलेका थिए। दुवै आफूहरुको माग कायमै रहेको बताएका थिए।

उनीहरुले बोलिसकेपछि सभामुख देवराज घिमिरेले संसद बैठक अगाडि बढाए भने दुवै दलका सांसदहरु बाहिरिएका थिए।

प्रकाशित मिति: १४:०५ बजे, मंगलबार, साउन २७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्