Kathmandu Press

रास्वपा आएपछि संसद हेर्न र सुन्न लागयक भएको छ : डिपी अर्याल

मंगलबार आयोजित एक कार्यक्रमम उनले स्वदेशमा मात्रै नभई विदेशमा बस्ने नेपालीले पनि रास्वपा संदनमा प्रवेश गरेपछि संसद्‌को गरिमा बढेको बताए।
रास्वपा आएपछि संसद हेर्न र सुन्न लागयक भएको छ : डिपी अर्याल

काठमाडौं, साउन १६ : राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले रास्वपा संसद्‌मा प्रवेश गरेसँगै सदन अहिले सुन्न र हेर्नलायक भएको बताएका छन् ।

मंगलबार आयोजित एक कार्यक्रमम उनले स्वदेशमा मात्रै नभई विदेशमा बस्ने नेपालीले पनि रास्वपा संदनमा प्रवेश गरेपछि संसद्‌को गरिमा बढेको बताए।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो व्याख्या गरेजस्तो लाग्ला, तर हामीले रास्वपाको व्याख्या गर्न लागेको होइन,’ उनले भने, सदन अहिले सुन्न, हेर्नलायक भएको भनेर स्वदेशमा मात्रै होइन, विदेशमा बस्ने मानिसहरूले पनि भनिरहेको अवस्था छ।’

कार्यबाहक सभापति अर्यालले संघीयता र संविधानको कार्यान्वयनका लागि आगामी पुस्तालाई हेरेर बौद्धिक नक्सा कोर्नुपर्ने बताउँदै राजनीतिक वृत्तमा पनि अब युवा पुस्ता अपरिहार्य भएकोमा जोड दिए।

प्रकाशित मिति: १३:४५ बजे, मंगलबार, साउन २७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्