‘हुलाक, रासस, गोरखापत्र, रेडियो नेपाललगायतका संस्था लेउ लागेजस्ता भए’
मन्त्री गुरुङले सबै सरकारी स्वामित्वको निकायहरुको अवस्था एउटै भएको भन्दै यसलाई सुधार गर्नुपर्ने बताए।-(3)-1754981735.png)
काठमाडौं, साउन २७ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कुनैपनि संस्था गतिशिल हुन सकेन भने त्यसले प्रगती गर्न नसक्ने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित गोश्वारा हुलाक कार्यालयको वार्षिक समिक्षा गोष्ठीमा उनले संस्था भनेको बगेको खोला जस्तो गतिशिल हुनुपर्ने भन्दै जमेर लेउ लागेको संस्थाले कहिले पनि प्रगती गर्न नसक्ने बताए।
‘रेडियो नेपालमा गयो भने त्यहाँको कर्मचारीहरुको औसत उमेर नै ५५ देखि छ। यति धेरै वर्ष भयो कोही मान्छे जन्मेन होला, जन्मेको भए नयाँ मान्छे किन छैन् त रेडियो नेपालमा? यसो भनिरहँदा त्यहाँ नयाँ भर्ना प्रक्रिया नै भएन,’ उनले भने, ‘थाकेका रिटाएर हुन लागेका मान्छेहरुको मात्र जमात भएको संस्थाले कसरी सजीवन प्राप्त गर्न सक्छ? संस्था भनेको बगेको खोला जस्तो हुनुपर्छ, गतिशिल भइरह्यो भने मात्र काम दिन्छ। जमेर बसेको छ भने लेउ लागेर बस्छ। लेउ लागेको संस्थाले कहिले पनि प्रगती गर्दैन्।’
मन्त्री गुरुङले सबै सरकारी स्वामित्वको निकायहरुको अवस्था एउटै भएको भन्दै यसलाई सुधार गर्नुपर्ने बताए।
‘म धेरै ठाँउमा जान्छु सबैको अवस्था त्यस्तै छ। टेलिकमिनिकेशनको अवस्था त्यस्तै छ। रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र सबैको हालत एउटै छ। गोरखापत्र त बाँडेर खाने मात्र हो,’ उनले भने, ‘सरकारी स्वामित्वको भएको हुनाले सरकारी कामको विज्ञापनको जिम्मा उसले पाउने भएर मात्र चलेको हो। आफैं मेहेनत गरेर होइन्। हुलाकको हालत यस्तै छ, राससको पनि त्यही नै हो। हुलाकको लागि तपाईहरुले आफ्नो कुरियर सेवालाई व्यापक पार्नुहोस्। यसमा धेरै सम्भावना देखेको छु।’
नयाँ परिस्थिति अनुसार नयाँ नीति आवश्यक भएको हुनाले हुलाकको लागि यो वर्ष नयाँ नीति ल्याउन लागेको पनि उनको भनाइ छ।
उनले सामान्य अनुसन्धानको आधारमा हुलाकको पुनसंरचना भएको हुनाले पुनसंरचित हुलाकलाई कसरी व्यवस्थापन गर्ने कुरा पहिलो काम भएको पनि बताए।



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)