चितवनका कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’
कुखुरालाई यो रोगबाट बचाउन ‘चिकेन एनेमिया भाइरस’ विरुद्धको भ्याक्सिन दिनुपर्ने उनको भनाई छ । ब्रोइलरको माउ र लेयर्सको माउ तथा चल्ला दुवैमा यो खोप दिनुपर्छ।
चितवन, साउन २७ : चिवतनका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ।
राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले विगत तीन महिनामा गरेको अध्ययनका क्रममा सो रोग भएको पुष्टि भएको हो। कार्यालयले एलाइजा प्रविधिबाट गरीएको परीक्षणका क्रममा यो रोगको सङ्क्रमण भएको पुष्टि भएको हो।
चितवनसहितका जिल्लाका कुखुरामा यो रोगको समस्या देखिएको कार्यालयका प्रमुख डा. विजयकुमार श्रेष्ठले बताए। ९२ नमूना परीक्षणका क्रममा ३३ प्रतिशत अर्थात् ३१ वटा नमूनामा यो रोगको पुष्टि भएको उनले जनाए।
रोगका कारण कुखुरामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गराउने गर्ने जसले गर्दा अन्य रोगले कुखुरामा आक्रमण गर्ने उनी बताउँछन्। ‘प्रत्यक्ष रूपमा केही असर नदेखिए पनि उत्पादन घट्दा आर्थिक प्रभाव पर्ने गर्दछ,’ उनले भने।
यस रोग लागेका कुखुरामा रक्तअल्पदा हुने, तौल नबढ्ने, उत्पादनमा कमी आउनेजस्ता लक्ष्यण देखा पर्दछन्।
नेपालमा यो रोग काठमाडौँमा पहिलोपटक दुई वर्षअघि देखिएको डा. श्रेष्ठले बताए। कुखुरालाई यो रोगबाट बचाउन ‘चिकेन एनेमिया भाइरस’ विरुद्धको भ्याक्सिन दिनुपर्ने उनको भनाई छ । ब्रोइलरको माउ र लेयर्सको माउ तथा चल्ला दुवैमा यो खोप दिनुपर्छ।
चितवनसहित १६ जिल्लाबाट सङ्कलित नमूना यो प्रयोगशालामा परीक्षण हुँदै आएको छ।



-1765194974.jpg)





-1765194974.jpg)


