Kathmandu Press

मल अभाव हुन नदिन कृषिमन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्रीले यो विषयमा छलफल गर्न कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव  गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई आज अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएका छन्।
मल अभाव हुन नदिन कृषिमन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं, साउन २७ : प्रधानमन्त्री केपी ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा आज कृषि तथा पशुपक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग आज छलफल गर्दै छन्।

प्रधानमन्त्रीले यो विषयमा छलफल गर्न कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव  गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई आज अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएका छन्।

देशमा  मलको मौज्दात रहेको र आयातको क्रम पनि जारी रहेका बेला किसानले समयमा मल नपाएको गुनासो सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले यो समस्या समाधानमा आफूलाई केन्द्रित गरेका छन्। 

यसअघि पनि प्रधानमन्त्री ओलीले कृषिमन्त्रीसहित सम्बद्ध अधिकारीसँगको छलफलमा मलको अभाव हुन नदिन, स्वदेशमा नै रासायनिक मलको उत्पादन कारखाना स्थापना तथा प्राङ्गारिक मलको उत्पादन र प्रयोग बढाउने योजना तर्जुमा गर्न निर्देशन दिएका थिए।

प्रकाशित मिति: ११:४२ बजे, मंगलबार, साउन २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्