राससको महाप्रबन्धकमा राई नियुक्त
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका राई विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन् । पाँचथर फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा राईले मोफसल र राजधानी काठमाडौँमा रहेर विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव बटुलेका छन् ।
काठमाडौँ, साउन २७ : राष्ट्रिय समाचार समिति (रासस) को रिक्त महाप्रबन्धकमा पत्रकार सन्दीप राई नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले राईलाई राससको महाप्रबन्धक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका राई विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन् । पाँचथर फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा राईले मोफसल र राजधानी काठमाडौँमा रहेर विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव बटुलेका छन् ।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको प्रेस संयोजक समेत रहेका राईले पत्रिका, रेडियो र अनलाइनमा काम गरिसकेका छन् ।
प्रकाशित मिति: ०७:५० बजे, मंगलबार, साउन २७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1765194974.jpg)





-1765194974.jpg)


