Kathmandu Press

रविलाई थुनामै पठाउने आदेश

सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा बिगो लिएर छुटकारा दिलाउन मागसहित रविले दिएको निवेदनमा न्यायाधीश नारायण सापकोटाको इजलासले थुनामै पठाउन आदेश दिएको हो। 
रविलाई थुनामै पठाउने आदेश

रुपन्देही, साउन २६ : रुपन्देही जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेलाई थुनामै पठाउन आदेश दिउको छ।

सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा बिगो लिएर छुटकारा दिलाउन मागसहित रविले दिएको निवेदनमा न्यायाधीश नारायण सापकोटाको इजलासले थुनामै पठाउन आदेश दिएको हो। 

रविले सहकारी हिनामिना गरेको भनिएको सुप्रिम सहकारीको बैंक ग्यारेन्टी बुझाइसकेको अवस्थामा थुनामुक्त हुन पाउनुपर्ने दाबी गरे थिए।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम ब्याङ्क जमानत लिएर दफा ७१ बमोजिम आफूलाई रिहा गर्न माग गर्दै लामिछानेले निवेदन दिएका थिए।

उनले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि बुझाएका थिए। 

प्रकाशित मिति: १९:०४ बजे, सोमबार, साउन २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्