Kathmandu Press

लामिछानेको निवेदनमा बहश सकियो, आदेश आउँदै 

बहस सकिएसँगै आजै आदेशको तयारी भइरहेको छ। रुपन्देही अदालतबाट बिगो बुझाएर मुद्दाबाट छुटकारा दिने वा नदिनेबारे एउटा निर्णय आउने छ। 
लामिछानेको निवेदनमा बहश सकियो, आदेश आउँदै 

बुटवल, साउन २६ : रास्वपाका सभापति रवि लामिछानेले सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा बिगो लिएर छुटकारा दिलाउन मागसहित दिएको निवेदनमा बहस सकिएको छ।

रुपन्देही जिल्ला अदालतमा न्यायाधीश नारायण सापकोटाको इजलासमा निवेदक लामिछानेका कानुनव्यवसायी र सरकारी वकीलले वहश सकाएका हुन्। 

बहस सकिएसँगै आजै आदेशको तयारी भइरहेको छ। रुपन्देही अदालतबाट बिगो बुझाएर मुद्दाबाट छुटकारा दिने वा नदिनेबारे एउटा निर्णय आउने छ। 

लामिछानेले सहकारी हिनामिना गरेको भनिएको सुप्रिम सहकारीको बैंक ग्यारेन्टी बुझाइसकेको अवस्थामा थुनामुक्त हुन पाउनुपर्ने दाबी गरेका छन् । लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि बुझाएका छन्।

प्रकाशित मिति: १८:३० बजे, सोमबार, साउन २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्