Kathmandu Press

प्रतिष्ठान र संस्थाहरू ठगी खाने भाँडो हुनु हुँदैन : अध्यक्ष ओली

उनले सामाजिक अययन, व्यक्तिको गुणवत्ता, निष्ठा र ज्ञानको विकासका साथै मानवीय चेतना र अनुशासन वृद्धिमा काम गर्न प्रतिष्ठानको नयाँ नेतृत्वलाई आग्रह गरे। 
प्रतिष्ठान र संस्थाहरू ठगी खाने भाँडो हुनु हुँदैन : अध्यक्ष ओली

काठमाडाैं, साउन २६ : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलले पार्टी सम्बद्ध प्रतिष्ठान र फाउण्डेशनहरु व्यक्तिगत स्वार्थमा नभई पार्टीको आन्दोलन र समग्र हितमा केन्द्रित हुुनुपर्ने बताएका छन्। 

सोमबार मदन–आश्रित स्मृति प्रतिष्ठानको नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका अध्यक्ष ओलीले स्थापित नेताको सम्मानमा खोलिएका र पार्टीसँग जोडिएका प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुन नहुने स्पष्ट गरेका हुन्।

‘मदन–आश्रित स्मृति प्रतिष्ठान तत्कालीन महासचिव मदनकुमार भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको निधनपछिको शोकको घडीमा जनताको बहुललीय जनवाद (जबज)को वैचारिकतालाई अगाडि बढाउन २०५० जेठ ९ गतेको पार्टी निर्णयबाट खोलिएको हो,’ अध्यक्ष ओलीले भने, ‘पछि पार्टीले मदन जयन्ती मनाउने सन्दर्भमा पनि पर्याप्त ध्यान नदिएको अवस्थामा व्यक्तिगत आधारमा मदन भण्डारी फाउण्डेशन खोलिएको थियो। अहिले फाउण्डेशनका गतिविधि र यसको नेतृत्वले आन्दोलनप्रति निष्ठा देखाउन छाडेको छ। यस्ता संस्थाहरु पार्टीसँग निष्ठावान हुनुुपर्छ । पार्टी हित विपरीत प्रयोग हुनुु हुँदैन।’

उनले सामाजिक अययन, व्यक्तिको गुणवत्ता, निष्ठा र ज्ञानको विकासका साथै मानवीय चेतना र अनुशासन वृद्धिमा काम गर्न प्रतिष्ठानको नयाँ नेतृत्वलाई आग्रह गरे। 

गत प्रतिष्ठानका तत्कालीन अध्यक्ष प्रदीप नेपालको गत वैशाख २३ गते निधन भएकाले प्रतिष्ठानको यही साउन २३ गतेको ३१ औँ साधारणसभाबाट एमालेका उपमहासचिव ज्ञवालीलाई अध्यक्ष निर्वाचित गरेको थियो।
 

प्रकाशित मिति: १७:२९ बजे, सोमबार, साउन २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्