Kathmandu Press

‘नागरिकता सम्बन्धी कानुनमा आमालाई जिम्मेवार बनाइएको छ’

उनले आमाको स्वघोषणा गलत सिद्ध भएमा नागरिकताका बारेमा प्रश्न गर्ने र सजायको व्यवस्था समेत गरिएको बताए। 
‘नागरिकता सम्बन्धी कानुनमा आमालाई जिम्मेवार बनाइएको छ’

काठमाडौं, साउन २६ : गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मुल ध्येयका साथ नागरिकता सम्बन्धी कानुनलाई संशोधन अघि बढाइएको बताएका छन्।
 
सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता विधयेक २०८१ मा सैद्धान्तिक छलफलका क्रममा बोल्दै गृहमन्त्री लेखकले सन्तानको आमा नै पहिलो संरक्षक हुने गरेको बताउँदै आमालाई नै जिम्मेवार बनाइएको जानकारी दिएका हुन्। 

‘सन्तानको पहिलो संरक्षक आमा नै हुन्। आमाले यो मेरो सन्तान हो,  बुवाको पत्तो छैन अथवा म ल्याउन सक्दैन भनेर भनेको अवस्थामा आमाले स्वघोषणा गरेको अवस्थामा सन्तानलाई नागरिकता उपलब्ध गराउने मुलध्येय छ,’ उनले भने, ‘यसले आमा÷महिलाको मात्रै हक स्थापित गरेको होइन। संविधानको सीमारेखा भित्र महिलाको हकलाई पूर्ण स्थापित गर्ने उद्देश्य पनि हो। सन्तानको पनि हक सुरक्षित गरिएको छ।’

यस्तै, उनले आमाको स्वघोषणा गलत सिद्ध भएमा नागरिकताका बारेमा प्रश्न गर्ने र सजायको व्यवस्था समेत गरिएको बताए। नागरिकता नहुँदा धेरै बालबालिकाहरुले अध्ययन/वृद्धि विकासमा समस्या भएको पनि उनको भनाइ छ।

आमाको नामबाट नागरिकता उपलब्ध गराउने विषयमा सर्वोच्च अदालतबाट सरकारलाई निर्देशकात्मक आदेश समेत भएको अवस्थामा विधेयक अगाडि बढाएको मन्त्री लेखकको भनाई थियो।
 

प्रकाशित मिति: १६:२२ बजे, सोमबार, साउन २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्