नागरिकता विधेयकमा २५ सांसदको संशोधन प्रस्ताव
हालसम्म २५ जना सांसदहरूले संशोधन प्रस्ताव राखेका छन्। विधायन व्यवस्थापन समितिले सोमबारदेखि विधेयकमाथि छलफल सुरु गरेको छ।
काठमाडौं, साउन २६ : प्रतिनिधिसभाबाट पारित भइ राष्ट्रिय सभामा पुगेको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमा २५ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्।
विधेयकलाई राष्ट्रिय सभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको थियो। हालसम्म २५ जना सांसदहरूले संशोधन प्रस्ताव राखेका छन्।
विधायन व्यवस्थापन समितिले सोमबारदेखि विधेयकमाथि छलफल सुरु गरेको छ।
उक्त विधेयकमा नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोवास गरेको, १६ वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एक जना नेपाली नागरिक रहेको नाबालकलाई नाबालक परिचयपत्र दिन सकिने, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले तोकिए बमोजिम स्वघोषणा गरेमा अङ्गिकृत नेपाली नागरिकता प्राप्त गर्नसक्ने लगायतका व्यवस्थाहरु छन्।
प्रकाशित मिति: १५:५० बजे, सोमबार, साउन २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)