Kathmandu Press

‘राज्यले सञ्चारमाध्यम नचलाए पनि समाचार समिति चलाउनुपर्छ’

नेपाल पत्रकारिता विकास समाजले आयोजना गरेको ‘नेपालमा समाचार समिति पत्रकारिता वर्तमान अवस्था र कानुनी व्यवस्था’ विषयक नीति संवाद कार्यक्रमका वक्ताहरूले अहिलेका अधिकांश सञ्चारमाध्यलाई राससले नै थामिरहेको बताएका छन्।     
‘राज्यले सञ्चारमाध्यम नचलाए पनि समाचार समिति चलाउनुपर्छ’

काठमाडौं, साउन २६ : पछिल्लो समय राष्ट्रिय समाचार समिति (रासस) को समाचार सेवा थप प्रभावकारी र सहज बन्दै गएको सञ्चार क्षेत्रका विज्ञहरूले बताएका छन्। 

नेपाल पत्रकारिता विकास समाजले आयोजना गरेको ‘नेपालमा समाचार समिति पत्रकारिता वर्तमान अवस्था र कानुनी व्यवस्था’ विषयक नीति संवाद कार्यक्रमका वक्ताहरूले अहिलेका अधिकांश सञ्चारमाध्यलाई राससले नै थामिरहेको बताएका छन्।     

Hardik ivf

सोही क्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले विगत वर्षमा राससको सरकारमाथिको परनिर्भरता ९२ प्रतिशत रहेकामा यस वर्ष १२ प्रतिशत घटेर ८० प्रतिशतमा आएको बताए। 

‘राज्यले सञ्चारमाध्यम नचलाए पनि समाचार समिति चलाउनुपर्छ, राज्यका विषयलाई सार्वजनिक गर्ने माध्यमका रूपमा समाचार समितिलाई अघि बढाउनुपर्छ, समाचार समिति सञ्चालन गर्नु राज्यको दायित्व र कर्तव्य पनि हो,’ उनले भने।

यस्तै, उनले राससले १८ सालदेखि हालसम्मको सबै सामग्री सुरक्षित राखेको भन्दै यसलाई डिजिटल आरकाइभिङ् गर्ने प्रक्रिया पनि सुरु गरेको बताए। 

‘राससमा जानुभयो भने १८ सालदेखि आजको मितिसम्मको सबै सामग्री सुरक्षित राखिएको छ। आफूलाई चाहिएको सामग्री आधा घन्टाभित्र प्राप्त गर्न सक्नुहुन्छ । यस वर्षबाट यसलाई डिजिटल आरकाइभिङ् गर्ने प्रक्रिया सुरु गर्दै छौं,’ उनले भनिन्, ‘यो वर्षमा २०१८ देखि २५ सम्मको सबै सामाग्रीलाई आरकाइभिङ्मा लान्छौं, राससको ऐन राससको लागि मात्र हो।’

राम्रो उद्देश्यका साथ मुलुकको पत्रकारिता विकासका लागि र आम व्यक्तिले बढिभन्दा बढि वस्तुगत तरिकाले सुसुचित हुन सकोस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनले जानकारी समेत गराए। 

साथै, त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा कुन्दन अर्यालले पहिलेका पत्रकार सरकारी सञ्चारमाध्यम छाडेर नीजिमा जाने गरेकामा अहिले नीजि सञ्चारमाध्यम छाडेर सरकारीमा जाने क्रम बढेको बताए। 
 

प्रकाशित मिति: १५:४६ बजे, सोमबार, साउन २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्