Kathmandu Press

लिभरपुललाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो क्यम्युनिटी सिल्ड

आइतबार राति भएको फाइनलमा लिभरपुललाई पेनाल्टी सटआउटमा ३–२ले हराउँदै क्रिस्टल प्यालेसले उपाधि जितेको हो।
लिभरपुललाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो क्यम्युनिटी सिल्ड

काठमाडाैं, साउन २६ : कम्युनिटी सिल्डको उपाधि क्रिस्टल प्यालेस जितेको छ। आइतबार राति भएको फाइनलमा लिभरपुललाई पेनाल्टी सटआउटमा ३–२ले हराउँदै क्रिस्टल प्यालेसले उपाधि जितेको हो।

कम्युनिटी सिल्ड नयाँ सिनज सुरु हुनुअघि हुन्छ। जसमा प्रिमियर लिग विजेता र एफए कप विजेता उपाधिका लागि भीड्छन्।

निर्धारित समयको खेल २–२को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा प्यालेसका गोलकिपर डिअन हेन्डरसनले स्टार खेलाडी मोहम्मद सलाह र एलेक्सिस म्याक एलिस्टरको पेनाल्टी बचाउँदै टिमलाई च्याम्पियन बनाए। यस्तै, हार्भी इलियट पनि गोल गर्न चुके। उसका डोमेनिक सोबोस्लाइ र कोडी गाक्पोले गोल गरेका थिए।

यता, प्यालेसका जान फिलिप मटेटा, स्माइला सार र जस्टिन डेवेनीले गोल गरेका थिए भने बेरेजी एजे र बोर्ना सोसा गोल गर्न असफल भएका थिए। 

त्यसअघि निर्धारित समयमा अग्रता लिभरपुलले लिएका थिए। चौथो मिनेटमा उसका ह्युगो एकिटिकेले गोल गरेका थिए। लिभरपुलमा उनको यो पहिलो गोल हो। १७औं मिनेटमा मटेटाले प्राप्त पेनाल्टीमा गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याए। 

२१औं मिनेटमा जेरेमी फ्रिम्पोङले गोल गर्दै लिभरपुलाई पुनः खेलमा अग्रता दिलाए। तर, ७७औं मिनेटमा प्यालेसले पुनः बराबरी गोल फर्कायो। उसका सारले गोल गरेका थिए। त्यसपछि गोल नहुँदा खेल पेनाल्टीमा गएको थियो।

प्यालेसले पहिलो पटक कम्युनिटी सिल्ड उपाधि जितेको हो। चार महिनाअघि म्यान्चेस्टर सिटीलाई हराउँदै एफए कप जितेको थियो।
 

प्रकाशित मिति: ११:५५ बजे, सोमबार, साउन २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्