जाजरकोटमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु
दुर्घटनामा एम्बुलेन्सका चालक भेरी-१ डौंरीकाँडाका २७ वर्षीय सुनिल चनाराको मृत्यु भएको हो।
जाजरकोट, साउन २६ : जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
भेरी नगरपालिका-१ कोलचौर नजिकै कल्ले खोलामा आज भे१च २२४७ नम्बरको एम्बुलेन्स दुर्घटना भएको छ।
दुर्घटनामा एम्बुलेन्सका चालक भेरी-१ डौंरीकाँडाका २७ वर्षीय सुनिल चनाराको मृत्यु भएको हो।
अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक वीरबहादुर थापाका अनुसार भेरी-१ डौँरीकाँडा बिरामी लिन जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो।
उकालो सडकमा भित्तामा ठोक्किएर एम्बुलेन्स दुर्घटना भएको हो। चालक चनाराको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११:५४ बजे, सोमबार, साउन २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












