Kathmandu Press

उत्तर कोरियासँग ११ गोल खाएपछि नेपाल छनोटबाट बाहिरियो

आइतबार भुटानस्थित चाङलिमिथाङ स्टेडियममा भएको समूहको अन्तिम खेलमा बलियो उत्तर कारियासँग ११–०को फराकिलो अन्तरले पराजित भएपछि नेपाल छनोट चरणबाट बाहिरिएको हो।
उत्तर कोरियासँग ११ गोल खाएपछि नेपाल छनोटबाट बाहिरियो

काठमाडाैं, साउन २५ : नेपाल यू–२० महिला एसियन कपको छनोट चरणबाटै बाहिरिएको छ। 

आइतबार भुटानस्थित चाङलिमिथाङ स्टेडियममा भएको समूहको अन्तिम खेलमा बलियो उत्तर कारियासँग ११–०को फराकिलो अन्तरले पराजित भएपछि नेपाल छनोट चरणबाट बाहिरिएको हो।

पहिलो खेलमा भुटानसँगको बराबरी नेपालका लागि यू–२० एसियन कप खेल्नका लागि बाधक बन्यो। त्यो खल जितेको भए नेपाल समूहको विजेताको उत्कृष्ट तीनमा पर्न सक्थ्यो। ३ खेलमा नेपालले ४ अंक जोडेको छ।

यो समूहबाट उत्तर कोरिया ९ अंक जोडेर समूह विजेता बन्दै अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–२० महिला एसियन कपमा छनोट भएको छ। उनी खेलमा उसले  ३६ गोल गर्दा कुनै गोल बेहोरेन।

डिफेन्डिङ च्याम्पियन उत्तर कोरियाविरुद्ध नेपालले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल खाएको थियो। 

छनोटमा ८ समूहको विजेता सिधै छनोट हुनेछ भने उपविजेता हुने मध्ये उत्कृष्ट ३ टोली पनि अन्तिम चरणमा छनोट हुने प्रावधान छ। तर ५ वटा समूहमा दोस्रो हुने टिमको यसअघि नै ६ अंक भएकोले नेपालको उत्कृष्ट दोस्रो हुने सम्भावना पनि सकिएको छ।

प्रकाशित मिति: १७:१४ बजे, आइतबार, साउन २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्