Kathmandu Press

मुस्ताङको प्राकृतिक बास्थानमा भेटियो बैंस हिउँ चितुवा

साउन ४ गते उक्त प्राकृति वासस्थानमा मनाङका कर्मा छिरिङ गुरुङ्गले आफ्नो मोबाइलबाट एक बैंस हिउँ चितुवाको तस्विर कैद गरेका थिए। 
मुस्ताङको प्राकृतिक बास्थानमा भेटियो बैंस हिउँ चितुवा

मनाङ, साउन २५ : नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा नेपालका हिमाली भेगमा पाइने गरेको छ। 

स्वच्छ हिमाली पर्यावरणको सूचक मानिने हिउँ चितुवा हालै मुस्ताङ्गको लो–घेकर दामोदर कुण्ड गाउँपालिकाको प्राकृतिक बास्थानमा देखिएको छ।

यही साउन ४ गते उक्त प्राकृति वासस्थानमा मनाङका कर्मा छिरिङ गुरुङ्गले आफ्नो मोबाइलबाट एक बैंस हिउँ चितुवाको तस्विर कैद गरेका थिए। 

मानिसको नजरमा बिरलै देखिने भनिएको हिउँ चितुवा हिजोआज सर्वसाधरणले पनि सजिलै देख्न थालेका छन्। नेपालमा यसको संख्या पाँच सयको हाराहारीमा रहेको अनुमान गरिन्छ। 

जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा बढी असर पुर्याएको र यसको प्रभावले हिउँ चितुवाको बासस्थानमा ह्रास आएकाले लोप हुने चिन्ता बढेको छ । बिरालो प्रजातिको हिउँ चितुवाले आफ्नो लामो पुच्छरले शरीरलाई सन्तुलन गर्ने गरेको छ।
 

प्रकाशित मिति: १२:४० बजे, आइतबार, साउन २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्