Kathmandu Press

घर दरबारको अफर : एक सय रुपैयाँमा घरको इस्टिमेसन

वार्षिक ५० वटाभन्दा बढी घर निर्माण गर्दै आएको ‘घरदबार’ले  निर्माण क्षेत्रमा रहेको अनियमितता हटाउन तथा घरधनीलाई निर्माणसम्बन्धी सबै जानकारी दिनका लागि सो अफर ल्याइएको जनाएको हो।
घर दरबारको अफर : एक सय रुपैयाँमा घरको इस्टिमेसन

काठमाडौं, साउन २५ : घर तथा भवन निर्माणको क्षेत्रमा काम गर्दै आएको कम्पनी ‘घरदबार’ ले एक सय रुपैयाँमा कुनैपनि प्रकारको घरको लागत विवरण प्रदान गर्ने भएको छ। निर्माण क्षेत्रमा विगत सात वर्षदेखि काम गर्दै आएको सो कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो अफर सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार पहिलो चरणमा एक सय वटा घरको लागत अनुमान विवरण प्रदान गरिनेछ । वार्षिक ५० वटाभन्दा बढी घर निर्माण गर्दै आएको ‘घरदबार’ले  निर्माण क्षेत्रमा रहेको अनियमितता हटाउन तथा घरधनीलाई निर्माणसम्बन्धी सबै जानकारी दिनका लागि सो अफर ल्याइएको जनाएको हो।

Hardik ivf

घर तथा भवन निर्माणको योजना बनाएका र निर्माणको काम गरिरहेकाहरुका लागि घर निर्माणमा हुने अनावश्यक खर्चको कटौती तथा कम लागतमा कसरी गुणस्तरीय काम सम्पन्न गर्ने भन्नेबारे जानकारी प्रदानका लागि यो अफर ल्याइएको ‘घरदबार’ले जनाएको छ।

काठमाडौंको थापाथलीबाट आफ्नो सेवा प्रदान गर्दै आएको ‘घरदबार’ले यो अफरमार्फत सेवाग्राहीले १० लाख रुपैयाँसम्म बचत गर्न सक्नेछन् भने लागत घटाउने विभिन्न उपाएबारे जानकारी प्राप्त गर्न सक्नेछन्। 

घरको डिजाइन सम्पन्न भएरपनि सन्तुष्ट हुन नसकेकाहरुले यो अफरमार्फत लागत अनुमान तथा निर्माण सुरु देखि अन्त्यसम्मका आवश्यक सम्पूर्ण परामर्श पाउन सक्नेछन्।

घर निर्माणमा हुने अनावश्यक खर्च घटाउन अपनाउन सकिने उपायबारे ‘घरदबार’ले परामर्श प्रदान गरिने जनाएको छ। घर निर्माण सुरु गरेकाहरुको डिजाइनका आधारमा लाग्ने खर्च निर्धारण हुनेछ । सेवा लिन चाहानेले घरको ‘टु डी’ वा ‘थ्री डी’ डिजाइनको आधारमा लागत सम्बन्धी सम्पूर्ण जनकारी प्रदान गरिने ‘घरदबार’ले जनाएको छ।

पछिल्लो समय घर तथा भवन निर्माणमा प्रयोग हुने कमसल सामाग्री र निर्माणकर्ताको लापरबाहीले संरचना कमजोर हुने, निर्माण कार्य ढिलो हुने तथा लागत समेत बढ्दै गइरहेको अवस्थामा सार्वजनिक भएको यो अफरले धेरैलाई फाइदा पुग्ने कम्पनीको विश्वास छ।

‘घरदबार’ले एक सय दिनसम्म प्रदान गर्ने यो अफरमा एक सय जनाले परामर्श प्राप्त गर्नेछन् । विशेषगरि लागत विवरण तयार पारि निर्माणको काम गरिरहेका तर चित्त नबुझेका घर निर्माणकर्ताले यो अफरको फाइदा लिन सक्नेछन्।
 

प्रकाशित मिति: ११:५२ बजे, आइतबार, साउन २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्