एनपिएल अक्सनमा बिके ३७ खेलाडी
अक्सनमा आठ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध गरेका थिए। पहिलो चरणमा अनुबन्ध नगरिएका बाँकी ११ खेलाडी ‘विस लिस्ट’बाट छानिएका हुन्।
काठमाडाैं, साउन २५ : नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि भएको मिनी अक्सनबाट आठ टोलीले ३७ किनेका छन्। शनिबार साँझ भएको अक्सनमा अक्सनका लागि छनोट गरिएका १६४ खेलाडी सहभागी थिए।
अक्सनमा आठ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध गरेका थिए। पहिलो चरणमा अनुबन्ध नगरिएका बाँकी ११ खेलाडी ‘विस लिस्ट’बाट छानिएका हुन्।
अक्सनमा ‘ए’ श्रेणीमा रहेका मोहम्मद आदिल आलम, देव खनाल, अर्जुन साउद, आदिल आलम र पवन सर्राफ सर्वाधिक महँगा खेलाडी बने । उनीहरूका लागि टिमले अधिकतम १५ लाख रुपैयाँ खर्चिए। उनीहरुमाथि एकभन्दा बढी टिमले अधिकतम बोली लगएपछि लक्की ड्र गरिएको थियो। आदिलका लागि भने आठै टिमले अधिकतम बिड गरेका थिए।
देव र अर्जुनले चितवन राइनोजबाट, आदिलले काठमाडौं गोर्खाजबाट र पवनले कर्णाली याक्सबाट खेल्ने तय भएको छ।
यसैगरी दिलीप नाथ र शेर मल्ललाई लुम्बिनी लायन्सले, हेमन्त धामीलाई सूदुरपश्चिम रोयल्सले, सूर्य तामाङलाई विराटनगर किंग्सले, सन्तोष यादवलाई काठमाण्डू गोर्खाजले र युवराज खत्रीलाई कर्णाली याक्सले जनही १० लाखमा अनुबन्ध गरेको छ। सूर्य र दिलिप ए तथा शेर, हेमन्त, सन्तोष र युवराज बी क्याटेगोरीमा थिए।
यस्तै मयन यादवलाई जनकपुर वोल्टसले ७ लाख ७५ हजारमा तथा आकाश त्रिपाठीलाई काठमाण्डू गोर्खाजले ७ लाखमा अनुबन्ध गरेको छ।
यस्तै, अक्सनमा केही राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु अनसोल्ड भए। जसमा शरद भेषावकर, राजु रिजाल, प्रदीप ऐरी, दीपेश श्रेष्ठ, अविनाश कर्ण, भुवन कार्की, हरिशंकर साह लगायत छन्। शदर, प्रदीप र अविनाश सन् २०१४ विश्वकप खेलेको नेपाली टिमका सदस्य हुन्।
अक्सनमा सबैभन्दा धेरै खर्च चितवन राइनोजले तथा कम पोखरा एभेन्जर्सले गरेको छ। चितवनले ३९ लाख, काठमाडौंले ३७ लाख, लुम्बिनीले ३२ लाख, कर्णालीले २९ लाख, विराटनगरले २७ लाख, सुदूरपश्चिमले २४ लाख, जनकपुरले १९ लाख ७५ हजार तथा पोखराले ११ लाख रुपैयाँ खर्च गरे।
अक्सन पछि कस्तो बन्यो टिम?
जनकपुर बोल्ट्स : आसिफ शेख (मार्की खेलाडी), अनिलकुमार साह, शुभ कङ्साकार, किशोर महतो, ललितनारायण राजवंशी, तुलबहादुर थापामगर, रुपेश सिंह, सचिन भट्ट, आदित्य महता, मयन यादव र विकाश आग्री ।
सुदूरपश्चिम रोयल्स : दिपेन्द्रसिंह ऐरी (मार्की खेलाडी), विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे, नरेन साउद, हेमन्त धामी, टेकबहादुर रावत, दिपेश थापा, दिपक बोहरा र मिलन बोहरा ।
कर्णाली याक्स : सोमपाल कामी (मार्की खेलाडी), गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, बिपिनप्रसाद शर्मा, युनिशविक्रमसिंह ठकुरी, पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे र युवराज खत्री ।
चितवन राइनोज : कुशल मल्ल (मार्की खेलाडी), रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला, गौतम केसी, देव खनाल, अर्जुन साउद, बिपिन रावल, बिपिन आचार्य र रन्जित कुमार ।
काठमाडौं गोर्खाज : करण केसी (मार्की खेलाडी), भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ, राशिद खान, उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र आदिल आलम ।
विराटनगर किङ्स : सन्दीप लामिछाने (मार्की खेलाडी), लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट, सुवास भण्डारी, सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शङ्कर राना ।
पोखरा एभेन्जर्स : कुशल भुर्तेल (मार्की खेलाडी), दिनेश खरेल, बिपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द, तृतराज दास, अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री ।
लुम्बिनी लायन्स : रोहित पौडेल (मार्की खेलाडी), सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम, दिनेश अधिकारी, दिलिप नाथ, विशाल पटेल, शेर मल्ल, दुर्गेश गुप्ता र आदिल खान ।












-(86)-1764936079.jpg)