Kathmandu Press

हाडीगाउँमा गरियो फल्चा उद्घाटन, संस्कृति संरक्षणमा जोड

समारोहमा वडाध्यक्ष प्रजापतिले हाडीगाउँको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई संरक्षण गर्दै आधुनिक सुन्दर महानगर बनाउने उद्देश्यका साथ फल्चा निर्माण गरिएको बताए।
हाडीगाउँमा गरियो फल्चा उद्घाटन, संस्कृति संरक्षणमा जोड

काठमाडौं, साउन २४ : काठमाडौं महानगरपालिका वडा नं. ५ हाडीगाउँमा निर्माण गरिएको फल्चाको उद्घाटन गरिएको छ। कार्यक्रममा वडाध्यक्ष बिरेन्द्र प्रजापतिले फल्चाको उद्घाटन गरेका हुन्।

समारोहमा वडाध्यक्ष प्रजापतिले हाडीगाउँको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई संरक्षण गर्दै आधुनिक सुन्दर महानगर बनाउने उद्देश्यका साथ फल्चा निर्माण गरिएको बताए।

‘हामी निर्वाचित भइसकेपछि सुन्दर महानगर बनाउने हाम्रो केन्द्रिय नीति अनुरूप हाडीगाउँलाई विशिष्ट पहिचान दिन प्रयास गरिरहेका छौं। यो ठाउँलाई जीवन्त बनाउनु हाम्रो लक्ष्य हो,’ उनले भने।

उनका अनुसार फल्चा निर्माणमा करिब १५ देखि १६ लाख रुपैयाँ लागत लागेको छ। फल्चासँगै थप दुई संरचनाहरू पनि निर्माण गरिएको छ।

वडाध्यक्ष प्रजापतिले फल्चा, पाटी, पौवा जस्ता परम्परागत संरचनाहरूलाई केवल भौतिक संरचना नभई सांस्कृतिक धरोहरका रूपमा समेत विकास गर्नुपर्ने बताए। 
 
प्रकाशित मिति: १९:१७ बजे, शनिबार, साउन २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्