Kathmandu Press

युवा आवाजका लागि विविधताको उत्सव हुने

देशभरका विविध समुदाय, लिंग र भाषाका डेढ सयभन्दा बढी युवाबीच उत्प्रेरक अन्तरक्रिया, कार्यशाला र सृजनात्मक प्रस्तुतिसहित अगामी सोमबार काठमाडौंमा विविधताको उत्सव मनाइने भएको हो।
युवा आवाजका लागि विविधताको उत्सव हुने

काठमाडाैं, साउन २४ : अन्तराष्ट्रिय युवा दिवसको अवसरमा दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले ‘डाइभर्सिटी कार्निभल' विविधताको उत्सव’ आयोजना गर्ने भएको छ।

देशभरका विविध समुदाय, लिंग र भाषाका डेढ सयभन्दा बढी युवाबीच उत्प्रेरक अन्तरक्रिया, कार्यशाला र सृजनात्मक प्रस्तुतिसहित अगामी सोमबार काठमाडौंमा विविधताको उत्सव मनाइने भएको हो।

Hardik ivf

उत्सवमा मुसहर समुयबाट पहिलो पटक डाक्टर बन्न सफल भएकी डा. स्मृति हरिजनले ‘कि नोट स्पीच’को रुपमा आफ्नो धारणा साझा गर्ने छिन्। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी क्याप्टेन एन्जीला तुम्बापो सुब्वा, कलाकार नाजिर हुसेनले  ‘सपना, संघर्ष र सफलता’ शिर्षकको ‘प्यानल डिस्कसन’मार्फत आफ्नो विचार प्रस्तुत गर्नेछन्।

उक्त प्यानलमा नेपाल सरकारको उपसचिव सुनिल कुमार पासमान र रेन्वो डिसविलिटी नेपालकी उपाध्यक्ष मीना जोशीले सिमान्त आवाजलाई साझा गर्नेछन्। उत्सवमा महिलाहरुको ब्याण्ड ‘कासा’ र सारंगी वादक किरण नेपालीको समूहरुले सांगितिक प्रस्तुति दिनेछ भने एउटै क्यानभासमा चार जना कलाकारले ‘पेन्टिङ्ग’ गर्नेछन्।

सीमान्त आवाजहरुलाई साझा गर्दै नेपालको विविधतालाई उत्सवको रुपमा मनाउनका लागि डाइभर्सिटी कार्निभल आयोजना गरिएको दलित लाइभ्स म्याटर ग्लोवल अलायन्सले बताएको छ। कार्यक्रममा उपस्थित युवाहरु समूहमा विभाजित भएर सामाजिक भाष्य र त्यसको प्रभाव, युवा र अवसर, युवा र समग्र स्वास्थ्य, जलवायु विषयक कार्यशालामा गहन छलफल गर्नेछन्। युवाहरुको छलफलबाट आएको निश्कर्ष र सुझावहरुलाइ सम्बन्धित निकायमा बुझाइने दलित लाइभ्स म्याटर ग्लोवल अलायन्सका अध्यक्ष प्रदीप परियारले बताए।

कार्यक्रममा देशैभरिबाट दलित, मधेशी, महिला, आदिवासी जनजाति, थारु, मुस्लिम, अपांगता भएका व्यक्तिहरु तथा विविध यौनिक तथा लैंगिक पहिचान भएका युवाहरु सहभागी हुने आयोजकले जनाएको छ।

विविधता र समावेशीताका बहस र छलफल भए पनि उही पात्र दोहोरिरहने भएकाले सुन्नै पर्ने र नसुनिएका कथाहरुलाई मुखरित गर्नको लागि उत्सवको आयोजना गरिएको संस्थाका अध्यक्ष परियारले उल्लेख गरे। युवाहरुले समावेशीताको मुद्दामा बोल्नुपर्ने र आफैभित्र पनि त्यसको अभ्यास गर्नका लागि यो कार्यक्रमले टेवा पुग्ने उनको तर्क छ।

 

प्रकाशित मिति: १४:०० बजे, शनिबार, साउन २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्