Kathmandu Press

एनपिएलको मिनि अक्सन आज

अक्सनमा कुल १५० खेलाडी सहभागी हुँदैछन्। जसमा ए क्याटेगोरीमा ८, बी क्याटेगोरीका ३४ र सी क्याटेगोरीका १०७ खेलाडी छन्। 
एनपिएलको मिनि अक्सन आज

काठमाडौं, साउन २४ : स्नेपाल प्रियिमर लिग (एनपिएल)को मिनि अक्सन आज हुँदैछ। दोस्रो संस्करणअघिको मिनि अक्सन आज अपरान्ह ३ः४५ बजे होटल टुलिपमा हुँदैछ।

अक्सनमा कुल १५० खेलाडी सहभागी हुँदैछन्। जसमा ए क्याटेगोरीमा ८, बी क्याटेगोरीका ३४ र सी क्याटेगोरीका १०७ खेलाडी छन्। 

Hardik ivf

अक्सनमा ए क्याटेगोरीमा अलराउन्डर मोहम्मद अदिल आलम, विकेटकपिर ब्याट्सम्यान अर्जुन साउद, दिलिप नाथ, अलराउन्डर पवन सर्राफ, शदर भेषावकर, सुमन गौतम, ब्याट्सम्यान देव खनाल र स्पिनर सूर्य तामाङ छन्।

अक्सनमा अलराउन्ड अदिल आलममाथि सबैको नजर हुनेछ। उनलाई भित्र्याउन आठै टिमले प्रयास गर्ने अनुमान गर्न सकिन्छ। उनी नै अक्सनका महँगा खेलाडी हुने अनुमान छ।

अक्सनमा ए ग्रेडमा रहेका खेलाडीको मूल्य न्यूनमत १० लाखदेखि अधिकतम १५ लाख रुपैयाँसम्म हुनेछ। यस्तै, बी ग्रेडका खलाडीको न्यूनतम मूल्य ५ लाख र अधिकतम १० लाख रुपैयाँ छ भने सी ग्रेडका खेलाडीको न्युनतम मूल्य २ लाख र अधिकतम मूल्य ५ लाख निर्धारण गरिएको हो।

अक्सनमा खेलाडीमाथि दुई वा दुईभन्दा बढी टिमले अधिकतम मूल्यमा बोली लगाए गोलाप्रथाबाट खेलाडी छनोट गरिनेछ।

अक्सनअघि आठ टिममध्ये सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, लुम्बिनी लाइन्स, विराटनगर किंग्स र काठमाडौं गोर्खाजले ६ खेलाडी रिटेन गरेका थिए भने च्याम्पियन जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले समान ७ खेलाडी रिनेट गरेका थिए।

प्रकाशित मिति: १३:५१ बजे, शनिबार, साउन २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्