Kathmandu Press

यू-२० महिला एसियन कप छनोटमा साउदीमाथि नेपालको कठीन जित

शुक्रबार दिउँसो भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा नेपालले साउदी अरेबियामाथि १–०को जित निकालेको हो। 
यू-२० महिला एसियन कप छनोटमा साउदीमाथि नेपालको कठीन जित

काठमाडौं, साउन २३ : एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले कठीन जित निकालेको छ। 

शुक्रबार दिउँसो भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा नेपालले साउदी अरेबियामाथि १–० को जित निकालेको हो। 

निकै प्रतिपर्धात्मक बनेको खेलमा नेपालले अन्तिम मिनेटमा गोल गरेको थियो। ९०औं मिनेटमा शुक्रिया मियाँले ट्याप इनमा गोल गरिन्।  उनले मिना देउवाको पासमा गोल गरेकी हुन्। 

त्यसअघि पहिलो हाफमै पेनाल्टी चुकाउँदा नेपालले अग्रता लिने अवसर गुमाएको थियो। ३७औं मिनेटमा प्राप्त पेनाल्टीमा मिनाको प्रहार बारमा लागेको थियो। 

यो जितपछि नेपालको एसियन कप छनोटको सम्भावना जिवितै छ। यसअघि पहिलो खेलमा नेपाल भुटानसँग १–१को बराबरीमा रोकएिको थियो।

अब नेपालले डिफेन्डिङ च्याम्पियन उत्तर कोरियासँग आइतबार खेल्ने छ। 

प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् भने ३ उत्कृष्ट उपविजेता पनि छनोट हुने छन् ।

प्रकाशित मिति: १७:१३ बजे, शुक्रबार, साउन २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्