Kathmandu Press

जुम्लाबाट सुर्खेत हिडेको फोर्स गाडी दुर्घटना, सात जना घाइते

कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको खाँडाचक्र–१० गोलुवा भन्ने स्थानमा शुक्रबार बिहान भएको दुर्घटनामा हुँदा सात जना घाइते भएका छन्।
जुम्लाबाट सुर्खेत हिडेको फोर्स गाडी दुर्घटना, सात जना घाइते

जुम्ला, साउन २३ : जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना भएको छ। 

कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको खाँडाचक्र–१० गोलुवा भन्ने स्थानमा शुक्रबार बिहान भएको दुर्घटनामा हुँदा सात जना घाइते भएका छन्।

बा.१ झ ०९७६ नम्बरको फोर्स गाडी अनियन्त्रित भइ करिब एकसय मिटर तल खसेको प्रहरीले जाएको छ। 

दुर्घटनामा पाँच जना गम्भीर र दुईजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविनबाबु रेग्मीले बताए। 

अहिले कालिकोटबाट प्रहरीको टोली घटना स्थलतर्फ पठाइएको छ। घाइतेहरूको विस्तृत विवरण आउन बाँकी छ। 

प्रकाशित मिति: १५:५१ बजे, शुक्रबार, साउन २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्