Kathmandu Press

नेकपा एमाले बागमती प्रदेश प्रमुख सचेतकमा एकालाल श्रेष्ठ नियुक्त

संसदीय दलका नेता जगन्नाथ थपलियाको निर्णयअनुसार श्रेष्ठलाई साउन २० गतेको निर्णयका आधारमा प्रमुख सचेतकमा नियुक्त गरिएको हो।
नेकपा एमाले बागमती प्रदेश प्रमुख सचेतकमा एकालाल श्रेष्ठ नियुक्त

मकवानपुर, साउन २३ : नेकपा एमाले बागमती प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य माननीय एकालाल श्रेष्ठलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको छ। 

संसदीय दलका नेता जगन्नाथ थपलियाको निर्णयअनुसार श्रेष्ठलाई साउन २० गतेको निर्णयका आधारमा प्रमुख सचेतकमा नियुक्त गरिएको हो।

उक्त नियुक्ति एमाले संसदीय दलको विधान, २०७७ को दफा १३ बमोजिम गरिएको हो। संसदीय दलको कार्यालयमा आयोजित कार्यक्रममा नेता थपलियाले श्रेष्ठलाई औपचारिक रूपमा नियुक्ति पत्र हस्तान्तरण गरेका थिए।

मकवानपुर क्षेत्र नं. १ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रहेका श्रेष्ठ यसअघि बागमती प्रदेश सरकारमा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका अनुभवी नेता हुन्। 

पार्टी संगठनमा लामो समयदेखि सक्रिय श्रेष्ठलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिइएसँगै एमालेले प्रदेशसभामा आफ्नो भूमिकालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
 
प्रकाशित मिति: १०:५७ बजे, शुक्रबार, साउन २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्