Kathmandu Press

बुटवल–पाल्पा सडक खण्ड अबरूद्ध

सोमबार रातिदेखि नै सवारी साधनहरू आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। सिद्धबाबा मन्दिरनजिक सडक माथिबाट ठूलो चट्टान सहितको पहिरो खसेपछि सडक दुवैतर्फबाट अवरूद्ध भएको हो। 
बुटवल–पाल्पा सडक खण्ड अबरूद्ध

रूपन्देही, साउन २० : पहिरोको कारण बुटवल–पाल्पा सडक खण्ड पूर्णरूपमा बन्द भएको छ। 

सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका वडा नम्बर–३ सिद्धबाबा मन्दिरनजिक अविरल वर्षापछि पहिरो गएपछि सडक अवरूद्ध भएको हो।

सोमबार रातिदेखि नै सवारी साधनहरू आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। सिद्धबाबा मन्दिरनजिक सडक माथिबाट ठूलो चट्टान सहितको पहिरो खसेपछि सडक दुवैतर्फबाट अवरूद्ध भएको हो। 

आइतबारदेखि परेको अविरल वर्षापछि सिद्धबाबा खण्डमा दुई–तीन ठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ। 

अहिले पनि पानी परिरहेको र ठुल्ठूला ढुंगासहितको पहिरो झर्ने क्रम नरोकिएकोले पहिरो हटाउन नसकिएको प्रहरीले जनाएको छ।
 
प्रकाशित मिति: ११:४७ बजे, मंगलबार, साउन २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्