Kathmandu Press

उहानबाटै कोरोना भाइरस सुरू भएको भन्नेबारे थप अनुसन्धान आवश्यक: विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनले उहानको एउटा थोक बजारबाटै नोभेल कोरोना भाइरस फैलिएको वा फैलाउन भूमिका खेलेको तर त्यसबारे थप अनुसन्धान आवश्यक भएको जनाएको छ।

भाइरस फैलि....

उहानबाटै कोरोना भाइरस सुरू भएको भन्नेबारे थप अनुसन्धान आवश्यक: विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनले उहानको एउटा थोक बजारबाटै नोभेल कोरोना भाइरस फैलिएको वा फैलाउन भूमिका खेलेको तर त्यसबारे थप अनुसन्धान आवश्यक भएको जनाएको छ।

भाइरस फैलिन नदिन चिनियाँ अधिकारीले जनवरी सो बजार बन्द गरेका थिए। त्यसबाहेक वन्यजन्तुको कारोबार र उपभोगमा अस्थायी प्रतिबन्ध पनि लगाएका थिए।

“महामारीमा उक्त बजारले भूमिका खेलेको प्रष्ट छ। तर कस्तो भूमिका रह्यो, प्रष्ट छैन। आफैं श्रोत हो वा भाइरस फैलाउने उपयुक्त वातावरण तयार गर्‍यो वा बजार क्षेत्रमा संक्रमणमा घटना संयोगमात्रै हो, हामीलाई थाहा छैन,” डा. पिटर बेल एम्बारेकले भने। उनी खाद्य सुरक्षा र पशुबाट व्यक्तिमा सर्ने जुनोटिक भाइरससम्बन्धी विश्व स्वास्थ्य संगठनका विशेषज्ञ हुन्।

Hardik ivf

जीवित पशु वा संक्रमित व्यापारी वा क्रेताले बजारमा भाइरस ल्याएका हुन् प्रष्ट नभएको डा. एम्बारेकले जेनेभाको जानकारी सभामा बताए।

अमेरिकाका सेक्रेटरी अफ स्टेट माइक पोम्पियोले उहान प्रयोगशालाबाट भाइरस आएको उल्लेखनीय प्रमाण भएको तर निश्चित भइनसकेको बताए। महामारीलाई उहानस्थित प्रयोगशालासँग जोड्ने कुनै सार्वजनिक प्रमाण भेटिएको छैन। कोरोना भाइरस प्रकृतिमै विकास भएको वैज्ञानिकहरूले बताएका छन्। जर्मनीको खुफिया प्रतिवेदनले पोम्पियोको आरोपमा शङ्का व्यक्त गरेको डेर स्पिगलले जनाएको छ।

डा. एम्बारेकले आरोपको सम्बोधन गरेनन्। मर्स भाइरस ऊँटबारे सुरू भएको पत्ता लगाउन अनुसन्धातालाई एक वर्ष लागेको उनले बताए। सन् २०१२ मा साउदी अरबबाट सुरू भएको मर्सको कोरोनाभाइरस मध्यपूर्वमा फैलिएको थियो। 

“व्यक्तिमा सर्नुअघि भाइरस कस्तो थियो भन्ने पत्ता लगाउनु महत्त्वपूर्ण छ। व्यक्तिमा कसरी अनुकूलन भयो र उद्विकास भयो भन्ने हामीले बुझ्न सक्छौं,” उनले भने,“अनुसन्धानको सवालमा सम्भवत: चीनसँग अनुसन्धान गर्ने सबै विशेषज्ञता छ। त्यसका लागि चीनसँग एकदमै योग्य अनुसन्धाता छन्।” 

एसियाका खुद्रा बजारमा माछाजस्ता ताजा र जीवित उत्पादनको खुला बिक्री गरिन्छ। विश्वभरि जीवित पशु बिक्रीवितरण हुने बजार नियमन गर्नुपर्ने, स्वच्छताको अवस्थामा सुधार ल्याउनुपर्ने र केही बन्द गर्नुपर्ने डा. एम्बारेकले बताए।

तर अधिकांशलाई ठिक गर्न सकिन्छ, व्यवस्थित गर्न सकिन्छ। फोहोर, व्यक्तिको गतिविधि र सरसामानको ढुवानी व्यवस्थापन तथा पशुजन्य उत्पादनलाई जीवित पशु र ताजा सामग्रीबाट अलग्गै राख्नुपर्ने उनले बताए।
 

प्रकाशित मिति: ०६:३२ बजे, मंगलबार, वैशाख ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्