नुवाकोटको तारकेश्वर–६ का वडाध्यक्ष रिमालको निधन
४४ वर्षको रिमालको काठकाडौंको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनी ज्वरो र निमोनियाबाट पीडित थिए।
नुवाकोट, साउन १९ : नुवाकोटको तारकेश्वर गाँउपालिका वडा नं. ६ का अध्यक्ष नारायणप्रसाद रिमालको निधन भएको छ।
४४ वर्षको रिमालको काठकाडौंको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनी ज्वरो र निमोनियाबाट पीडित थिए।
गत जेठमा पत्थरीको शल्यक्रियापश्चात नियमित स्वास्थ्य जाँच गराउँदै आएका रिमालमा एक सातादेखि ज्वरो र निमोनिया देखिएको थियो।
उनी २०७४को स्थानीय निर्वातमा एमालेबाट तारकेश्वरको वडा नं. ६को वडाध्यक्ष निर्वाचित भएका थिए।
प्रकाशित मिति: १४:१६ बजे, सोमबार, साउन १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












