Kathmandu Press

सप्तकोशीमा पानीको बहाव उच्च

सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले दिएको जानकारी अनुसार सर्वसाधारणलाई सतर्क रहनका लागि आग्रह गरिएको छ । कोशी ब्यारेजका ५६ ढोकामध्ये हाल २३ ढोका खोलिएको छ। 
सप्तकोशीमा पानीको बहाव उच्च

सुनसरी, साउन १९ : लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च बनेको छ। 

आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेन्ड १ लाख ९१ हजार २१० क्युसेक पानीको बहाव मापन गरिएको थियो। 

Hardik ivf

सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले दिएको जानकारी अनुसार सर्वसाधारणलाई सतर्क रहनका लागि आग्रह गरिएको छ । कोशी ब्यारेजका ५६ ढोकामध्ये हाल २३ ढोका खोलिएको छ। 

पानीको बहाव १ लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि सर्वसाधारणलाई सतर्क गराउन खतरा संकेतस्वरूप रातो बत्ती बाल्ने प्रावधानअनुसार कोशी ब्यारेजमा हाल रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ।

यसैबिच कोशी प्रदेशमा मनसुन सक्रिय भएकाले आवश्यक सतर्कता र प्रतिकार्यमा जुट्ने निर्णय भएको सकारका प्रवक्ता तथा विपद् समेत हेर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले जानकारी दिए।

आइतबार बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकका निर्णय सुनाउने क्रममा उनले सरकारले कोशी प्रदेशमा थप सक्रिय भएको मनसुनको प्रतिकार्य जुटाउने निर्णय समेत गरेको जनाएका हुन्।

प्रकाशित मिति: १२:५८ बजे, सोमबार, साउन १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्