Kathmandu Press

उज्यालो नेपाल अभियानमा सबै नेपाली जोडिन कुलमानको आह्वान

उनले कुनै नेता वा नेतृत्व जन्मिनु भन्दा पनि देश समृद्ध कसरी बनाउने भन्नेतर्फ रोडम्याप तयार गर्नु सबैभन्दा महत्वपुर्ण विषय बताएका छन्। 
उज्यालो नेपाल अभियानमा सबै नेपाली जोडिन कुलमानको आह्वान

काठमाडौं, साउन १८ : नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियानमा सबै नेपालीलाई जोडिन आह्वान गरेका छन्।

अभियानको क्रममा अमेरिकामा रहेका घिसिङले शुक्रबार अमेरिकाको टेक्सास इर्भिंगमा आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन्।

कार्यक्रममा बोल्दै घिसिङले आफुले बाँकी जीवन देशकै सेवामा समर्पित गर्ने बताउँदै डायस्पोराहरुबाट देशले ठूलो आशा गरेको बताए। 

Hardik ivf

‘वास्तवमा देश बनाउन तपाइँहरुको ठूलो भूमिका रहेको छ। देशको सम्वृद्धिको लागि, देशमा सुशान कायम गर्न र देशको समग्र विकासको लागि तपाइँहरुबाट ठुलो आशा गरेको छु,’ उनले भने, ‘आफ्नो आफ्नो क्षेत्रमा रहेर विभिन्न भूमिका तपाइँ सबैले निभाउनुपर्छ यो एक्सनमा तपाइँहरु पनि आउनुपर्छ भन्ने मेरो अनुरोध हो।’

उनले कुनै नेता वा नेतृत्व जन्मिनु भन्दा पनि देश समृद्ध कसरी बनाउने भन्नेतर्फ रोडम्याप तयार गर्नु सबैभन्दा महत्वपुर्ण विषय बताएका छन्। 

उज्यालो नेपाल अभियान समृद्धिको अभियान, सामाजिक न्यायको अभियान, रोजगारीको अभियान र देशलाई आत्मनिर्भरताको बाटोतर्फ लैजाने अभियान भएको बताउँदै घिसिङले देशभित्र र बाहिर भएका श्रमशक्तिलाई एकिकृत गरि परिवर्तनतर्फ अगाडि बढाउने एउटा अभियान भएको बताए।

कुलमान घिसिङले ‘उज्यालो अभियान’ नामक पार्टी खोल्न लागेको भन्ने हल्ला फैलिएको सन्दर्भ जोड्दै उनले नेपालमा राजजीतिक परिवर्तन धेरै भएपनि आर्थिक रुपान्तरण हुन नसकेको बताए।

नेपालमा विकास गर्न सक्ने नेत्ृत्व जन्मिन नसकेको बताउँदै उनले जनतालाई डेलिभरि दिनसक्ने खालको नेतृत्व चाहिएको बिचार व्यक्त गरे । त्यसका लागि एउटा राम्रो टिम बन्नुपर्ने र त्यसले नेपाललाई परिर्वतनतर्फ लैजाने उनको भनाई छ।

घिसिङ उज्यालो अभियानको सिलसिलामा यतिखेर अमेरिकाको विभिन्न स्थानहरुको भ्रमणमा छन् । उनले पछिल्लो कार्यक्रम टेक्सासकै अस्टिनमा गरेका छन्।

प्रकाशित मिति: १३:२० बजे, आइतबार, साउन १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्