‘केसीसी एक्जिबेट २०२५’ सुरु, मन्त्री गुरुङले गरे उद्घाटन
दुईदिने यस प्रदर्शनीमा करिब १० हजार भन्दा बढी दर्शकहरूको सहभागिता अपेक्षा गरिएको छ, जसमा विद्यार्थी, शिक्षक, अभिभावक, उद्यमी, प्रविधि विज्ञ, सञ्चारकर्मी र सर्वसाधारण रहनेछन्।-(5)-1754044304.jpg)
काठमाडौं, साउन १६ : पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कान्तिपुर सिटी कलेज (केसीसी)को ‘केसीसी एक्जिबेट २०२५’सुरु भएको छ।
शुक्रबार सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले एक्जिबेटको उद्घाटन गरेका छन्।
उद्घाटन समारोहमा मन्त्री गुरुङ्ले आइटी क्षेत्रमा जनशक्ति उत्पादनगरी वृद्धि गर्न आवश्यक रहेको बताए। आइटी क्षेत्रमा विश्वका धेरै मूलुकहरु अघि बढिसक्दा पनि नेपाल पछाडि परेको बताउँदै आइटी क्षेत्रमा जनशक्ति व्यस्थापनको कुरा बढी महत्वपूर्ण रहेको उल्लेख गरे।
‘आइटी क्षेत्रमा जनशक्ति उत्पादनगरी वृद्धि गर्न आवश्यक छ। यसमा विश्वका धेरै मूलुकहरु अघि बढिसकेका छन्,’ उनले भने, ‘हाम्रोमा धेरै ढिला भइसक्यो। त्यसैले आइटी क्षेत्रमा जनशक्ति व्यस्थापनको कुरा अलि बढि महत्वपूर्ण छ।’
उनले आर्टिफिसियल इन्टलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकताको प्रयोग स्वास्थ्य र शिक्षा क्षेत्रमा गर्नुपर्ने धारणा राखे। जसले समय र खर्च दुबैको बचत मात्र नभएर भ्रष्टाचार नियन्त्रण समेत गर्न सकिने उनको भनाई छ।
‘आर्टिफिसियल इन्टलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकताको प्रयोग स्वास्थ्य र शिक्षा क्षेत्रमा गर्नुपर्छ। यसले धेरै कुरामा फाइदा पुग्छ । सरकारी काममा पनि प्रयोग गर्नुपर्छ, त्यो हुन्दा जनताले सेवापनि चाँडो पाउँछन्। एक महिना लाग्ने कुरा एक दिनमा हुन्छ । एक घण्टा लाग्ने कुरा दश मिनेटमा सकिन्छ,’ उनले भने, ‘भ्रष्टाचार पनि नियन्त्रण हुँदै जान्छ त्यसले गर्दा। भ्रष्टाचार नियन्त्रणको लागि पनि अब एआइको प्रयोग गर्नुपर्ने छ।’
प्रदर्शनीमा ४० भन्दा बढी विद्यार्थी–नेतृत्वमा आधारित परियोजनाहरू प्रदर्शित गरिने छन्।
दुईदिने यस प्रदर्शनीमा करिब १० हजार भन्दा बढी दर्शकहरूको सहभागिता अपेक्षा गरिएको छ, जसमा विद्यार्थी, शिक्षक, अभिभावक, उद्यमी, प्रविधि विज्ञ, सञ्चारकर्मी र सर्वसाधारण रहनेछन्।












