Kathmandu Press

मझुवागढीका मेयर भट्टराईको जीवन रक्षाका लागि आयोगको आग्रह

आयोगले अनुगमनका क्रममा आयोगले अनसनरत भट्टराई, स्वास्थमन्त्री प्रदीप पौडेलका साथै वीर अस्पतालका चिकित्सक र प्रशासकहरुसँग समेत जानकारी लिएको जनाएको छ। 
मझुवागढीका मेयर भट्टराईको जीवन रक्षाका लागि आयोगको आग्रह

काठमाडौं, साउन १५ : राष्ट्रिय मानवअधिकार आयोगले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको जीवन रक्षाका लागि आग्रह गरेको छ।

आयोगले मेयर भट्टराईको स्वास्थ्यअवस्था गम्भीर बनेको भन्दै तत्काल वार्ता गरी समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ। भट्टराई साउन ११ गतेदेखि माइतिघरमा अनसनरत छन्। 

Hardik ivf

आयोगले अनसनस्थल माइतीघर तथा वीर अस्पताल पुगेर अनुमगन गरेको थियो। आयोगले अनुगमनका क्रममा आयोगले अनसनरत भट्टराई, स्वास्थमन्त्री प्रदीप पौडेलका साथै वीर अस्पतालका चिकित्सक र प्रशासकहरुसँग समेत जानकारी लिएको जनाएको छ। 

आयोगका तर्फबाट प्रवक्ता सहसचिव डा.टीकाराम पोखरेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘स्वास्थ्य उपचारमा ध्यान दिँदै वार्ताका माध्यमबाट समस्याको समाधान गरी निजको जीवन रक्षा गर्न आयोग नेपाल सरकारसँग आग्रह गर्दछ।’ 

मझुवागढी नगरपालिकाका मेयर भट्टराईले जैविक विविधता र रैथाने संस्कृतिको संरक्षणका लागि आवश्यक नीति निर्माणको लागि पहलकदमी गर्न, बाँसको प्रवद्र्धन गर्न, जलवायु परिवर्तनको असर कम गर्ने कार्य गर्न, गिटी क्रसर उद्योगहरू मापदण्डअनुसार सञ्चालन गर्न, खोटाङलाई बाँसको राजधानी घोषणा गर्न, निर्माण व्यवसायीलाई एउटा काम नसकी अर्को निर्माण कार्य गर्न नदिने व्यवस्था मिलाउन तथा बाँदर तथा अन्य जङ्गली जनावर नियन्त्रणको लागि नीति बनाउन भन्ने लगायत माग राखेर अनुसनमा बसेका छन्। 

प्रकाशित मिति: १९:४४ बजे, बिहीबार, साउन १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्