Kathmandu Press

भ्रष्टाचार र विकृति फैलाएको भन्दै ब्लु डाइमन्ड सोसाइटीको कार्यालय घेराउ 

बुधबार शीतल पिंकी गुरुङ नेतृत्वको ब्लु डाइमन्ड सोसाइटीले समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगीको नाममा भ्रष्टाचार गरेको आरोप लागाउदैँ धुम्बाराहीस्थित कार्यालय घेराउ गरेको हो। 
भ्रष्टाचार र विकृति फैलाएको भन्दै ब्लु डाइमन्ड सोसाइटीको कार्यालय घेराउ 

काठमाडौं, साउन १४ : पूर्वसांसद सुनीलबाबु पन्तको नेतृत्वमा रहेको टोलीले ब्लु डाइमन्ड सोसाइटीको कार्यालय घेराउ गरेका छन्।

बुधबार शीतल पिंकी गुरुङ नेतृत्वको ब्लु डाइमन्ड सोसाइटीले समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगीको नाममा भ्रष्टाचार गरेको आरोप लागाउदैँ धुम्बाराहीस्थित कार्यालय घेराउ गरेको हो। 

सक्कलीको नाममा नक्कली तेस्रोलिङ्गीहरू हुलेर विकृति फैलाएको उनीहरूमाथि आरोप लगाइएको छ।

Photo-(1)-(5)-1753872628.jpg
 
पूर्वसांसद पन्तले संस्थाको कार्यक्रम सुकुटेबीचमा गएर गरेको भन्दै आपत्ति जनाए। कार्यालयमा गर्न मिल्ने कार्यक्रमहरु बाहिर होटल रिसोर्टमा गएर गर्दा अनावश्यक खर्च गरेको उनको भनाई छ। 

‘संस्थाको कार्यक्रम सुकुटेबीचमा गएर गर्नु मेरो लागि त्यति उपयुक्त लागेन । हाम्रो कुरा भनेको कार्यक्रमहरु अरु होटेलमा गएर किन गर्ने यही कार्यालयमा गर्दा पनि हुन्छ भन्ने हो । कार्यक्रम धेरै लक्षित वर्गमा पुगोस्,’ उनले भने, ‘होटल र रिसोर्टमा पैसा सकाउने काम नहोस् । किनकी सरकारले समुदायलाई हेरेको हुँदैन।’ 
 
प्रकाशित मिति: १६:३६ बजे, बुधबार, साउन १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्