बिटीआई एलुम्नाई मिट–२०२५ सम्पन्न
बिटीआईका पूर्व छात्रहरुसँग पुनःसम्पर्क, संस्थाबाट प्राप्त ज्ञान र मूल्यहरूको समीक्षा एवम् बिटीआईसँगको भावनात्मक नाता पुनः बलियो बनाउँदै भविष्यमा योगदानको सम्भावना उजागर गर्ने रहेको जनाइएको छ।
काठमाडौं, साउन १४ : बैंग्लोर टेक्नोलोजिकल ईस्टिच्युट (बिटीआई) ले पूर्व छात्रहरुसँग ‘रिकनेक्ट, रिफ्लेक्ट, रिग्नाइट’ को मूल भावसहित एलुम्नाई मिट – २०२५ सम्पन्न भएको छ।
बिटीआई एलुम्नाई मिट–२०२५ को मूल उद्देश्य बिटीआईका पूर्व छात्रहरुसँग पुनःसम्पर्क, संस्थाबाट प्राप्त ज्ञान र मूल्यहरूको समीक्षा एवम् बिटीआईसँगको भावनात्मक नाता पुनः बलियो बनाउँदै भविष्यमा योगदानको सम्भावना उजागर गर्ने रहेको जनाइएको छ। ‘समय बगिरहन्छ, तर सम्बन्ध, सम्झना र शिक्षा कहिल्यै पुराना हुँदैनन्’ भन्ने सोचका साथ कार्यक्रम तय गरिएको आयोजकले जनाएका छन्।
कार्यक्रममा बिटीआईका प्रिन्सिपल डा.एचएस नन्दाले सबै सहभागीहरूलाई बिटीआईको निरन्तर यात्रामा सहयात्री बनेकोमा आभार व्यक्त गरे। ‘बिटीआई केवल शिक्षालय होइन, यो एउटा परिवेश हो, जहाँ विद्यार्थीहरू विचारमा परिपक्व बन्छन्। भावना र व्यवहारमा जिम्मेवार बन्छन्,’ उनले भने, ‘हाम्रा एलुम्नाइहरू हाम्रो प्रतिष्ठा हुन्। उनीहरूमार्फत बिटीआईको आज नाम संसारभर फैलिएको छ।’
कार्यक्रममा बिटीआईका एडमिशन अफिसर डा.रञ्जना झाले कार्यक्रम व्यवस्थापनमा समन्वयसहित सबै सहभागीलाई स्वागत गरिन् भने इन्जिनियर सुमन माली, इ. उज्वल, इ.रमेश र इ.लिला प्रसाद मञ्चमा आएर आफ्नो बिटीआई यात्रा र त्यसले उनीहरूलाई जीवनमा कसरी ढाल्यो भन्ने अनुभव सुनाएका थिए।
आफ्नो अनुभव सुनाउँदै इ. सुमन मालीले बिटीआईले आफूलाई आत्मविश्वास दिएको जिम्मेवारी सिकाएको बताए। ‘सबैभन्दा महत्वपूर्ण सोच्न सिकायो। म जहाँ पुगेको छु, त्यहाँ बिटीआईको गहिरो योगदान छ,’ उनले भने।
समापनमा बिटीआईका अध्यक्ष डा.प्रभाकर रेड्डीले गुगल मिटमार्फत भर्चुअल सम्बोधन गर्दै सम्पूर्ण बिटीआई एलुम्नाइ समुदायलाई आगामी दिनहरूमा अझ सशक्त सहकार्य र सम्बन्धको आकांक्षा व्यक्त गरे।
बिटीआई एलुम्नाई मिट–२०२५ केवल भेटघाटको लागि मात्र नभै बिटीआई परिवारभित्रको गौरव, सम्बन्ध र भविष्यमा साझेदारी प्रतिबिम्बित होस् भन्ने ध्येयका साथ आयोजना पूर्व छात्र इन्जिनियर प्रबेग शर्माको बताए।



-1765194974.jpg)





-1765194974.jpg)


