Kathmandu Press

ल्हेन्दे खोलामा फेरि पनि बाढी, तल्लो तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह

बुधबार राती साढे २ बजे देखि बाढी आएकाले तल्लो तटिय क्षेत्रमा पर्ने रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाका नदी किनारका बासीन्दाहरुलाई उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ।
ल्हेन्दे खोलामा फेरि पनि बाढी, तल्लो तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह

रसुवा, साउन १४ : चीनको तिब्बत क्षेत्रहुँदै बगेर आउने ल्हेन्दे खोलामा फेरि पनि बाढी आएको छ। बुधबार राती साढे २ बजे देखि बाढी आएकाले तल्लो तटिय क्षेत्रमा पर्ने रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाका नदी किनारका बासीन्दाहरुलाई उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले बाढीका कारण रसुवागढी–स्याफ्रुबेंसी सम्मको बाटो विभिन्न स्थानमा क्षती भएको जानकारी दिए। 

उनका अनुसार रसुवाको गासाइँकुण्ड गाउँपालिकाको स्याँफ्रुबेंसी वडा नं ५ र उत्तरगया गाउँपालिकाका केहि क्षेत्रहरु उच्च जोखिममा रहेकोले ती क्षेत्रहरुलाई हाइ अर्लटमा राखिएको छ। त्यसबाहेक तल्लो तटिय क्षेत्रमा पर्ने सबै स्थानहरुमा पनि सर्तकता अपनाउन भनिएको छ।

बाढीले हाल म्म मानवीय क्षति गरेको कुनै खबर नभएको उनले बताए।

रसुवागढी–स्याँफ्रुबेंसी सम्मको सड्क यस अघि असार २४ गतेको बाढीले बगाएर क्षति भएपनि विभिन्न स्थानमा मर्मत सम्भार भएको र अहिले फेरी बाटो भत्कीएको छ। 

यस अघिको बाढीले नेपाल–चीन सिमानामा रहेको मितेरी पुल बगाएको थियो। साहि स्थानमा अस्थायी रुपमा निर्माण गर्न लागिएको बेली ब्रिज निर्माणको काम समेत आजको बाढीले अबरुद्ध गरेको छ 
 

प्रकाशित मिति: ११:३९ बजे, बुधबार, साउन १४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्