Kathmandu Press

राम्रा कानून र मौद्रिक नीति कार्यान्वयन गर्न जरुरी : अध्यक्ष ढकाल

उनले राम्रा कानूनहरु भएर पनि कार्यान्वयन नहुँदा त्यसको असर निजी क्षेत्रले भोगिरहेको भन्दै कार्यान्वयन गर्न सरकार समक्ष आग्रह गरेका हुन्। 
राम्रा कानून र मौद्रिक नीति कार्यान्वयन गर्न जरुरी : अध्यक्ष ढकाल

काठमाडौं, साउन १३ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा भएका राम्रा कानून र मौद्रिक नीतिलाई कार्यान्वयन गर्न आग्रह गरेका छन्। 

मंगलबार काठमाडौंमा नेपाल डेरी एसोसियसनले आयोजना गरेको खीर प्रवर्द्धन कार्यक्रममा बोल्दै उनले राम्रा कानूनहरु भएर पनि कार्यान्वयन नहुँदा त्यसको असर निजी क्षेत्रले भोगिरहेको भन्दै कार्यान्वयन गर्न सरकार समक्ष आग्रह गरेका हुन्। 

Hardik ivf

‘सरकारले बनाएका बजेट, कानून, मौद्रिक नीतिले बोलेका कुराहरु पनि सरकारको गति अनुसार कार्यान्वयन हुन सकेको छैन्,’ उनले भने, ‘वास्तवमा कतिपय राम्रा कानूनहरु भएर पनि कार्यान्वयन नभए त्यसको असर निजी क्षेत्रले भोगिरहेको हुनाले जतिपनि कानूनहरु परिवर्तन भए वा बजेटमा उल्लेख भएका कुराहरु छन् अर्थात मौद्रिक नीतिमा उल्लेख भएका विषयहरु गति अनुसार कार्यान्वयन गर्नका लागि आग्रह गरेका छौं।’ 

उनले नेपाल डेरी एसोसियसनले कृषि उत्पादनको प्रवद्र्धनमा गरेको कामप्रति सकरात्मक रहेको भन्दै डेरीजन्य उत्पादनलाई ब्रान्डिङ गर्नुपर्ने समेत बताए। 

त्यस्तै सोही कार्यक्रममा बोल्दै एसोसियसनका अध्यक्ष प्रल्हाद दाहालले देशको विकास कृषि क्षेत्रबाट मात्र सम्भव रहेको भन्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउनुपर्ने बताए। 
 

प्रकाशित मिति: १५:४० बजे, मंगलबार, साउन १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्