Kathmandu Press

गोसाईंकुण्डमा बेपत्ता भएका दुवैजना युवा मृत फेला 

मृत भेटिएका उनीहरु विराटनगर महानगरपालिका–३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने बेपत्ता भएका थिए। 
गोसाईंकुण्डमा बेपत्ता भएका दुवैजना युवा मृत फेला 

काठमाडौं, साउन १२ : गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दुईजना युवक मृत अवस्थामा फेला परेका छन् । उनीहरु विराटनगरका रहेको खुलेको छ। 

मृत भेटिएका उनीहरु विराटनगर महानगरपालिका–३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने बेपत्ता भएका थिए। 

उनीहरू नाताले मामा–फुपुका छोरा (दाजुभाई) रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई सोमबार बिहान १० बजे प्रहरीले मृत अवस्थामा फेला पारेको हो। मृत भेटिएका उनीहरुको शव काठमाडौं ल्याउने तयारी भइरहेको छ। 

काठमाडौं बस्दै आएका न्यौपाने र विराटनगरस्थित घरमा बस्दै आएका ढकाल साउन १० गते काठमाडौंबाट साईभाईसँग गोसाईंकुण्ड गएका थिए। 

एक जना नुहाउने क्रममा चिप्लिएपछि उद्धार गर्न गएका अर्का युवकको पनि डुबेर मृत्यु भएको जनाइएको छ। 

प्रकाशित मिति: १३:२१ बजे, सोमबार, साउन १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्